आज : २०२६-०६-०७, आइतबार

ए ! मेरो साथी झोला

ए ! झोला
ए ! मेरो साथी झोला
तिम्रो जिप भित्र के छ होला
खुसी लुकाएर राखेको छौकि होला
दु:ख्खका सौजन्य भए नखोला।

दिन भर कुममा चपक्क समाएर
राति टाउकोलाई सहारा दिन्छौ होला
ए ! मेरो साथी झोला…
लुकाएर राखिदे सबै दु:खका गोला
जे हुन्छ हुन्छ होला
प्यारो साथि झोला…!

कैले खुसियालीका सम्बेगमा
कैले हर्षको झोकाहरुमा…
ए ! मेरो साथी झोला
रहनदेउ जिप भित्रै ति पिडा का
कोसेलीहरु खोल्यो कि यो मन रोला…!

खोज्दै समुन्द्रवारी-पारी
ति सुनका उज्यालाहरुमा
त कहिले भोटको जस्तै हिमखण्डहरुमा
ए ! मेरो साथी झोला
न टिप ति निल नभका जुन-तारे गहनाहरु
जे जे होला होला…
ए ! मेरो साथी झोला
तिम्रो जिप भित्र के छ होला
खुसी लुकाएर राखेको छौकि होला
दु:ख्खका सौजन्य भए नखोला।।

तपिकुमार सिंह ठकुरी
सिम्ता-४,सुर्खेत
हाल: गुजरात।