News Portal

हङकङमा आज ८० जनामा कोरोना संक्रमण पुष्टि, ५० जना भन्दा धेरै प्रारम्भिक केस थपिएको छ

हिमालीसंचार संवाददाता
५१५ पटक

युवा राई/हङकङ –  हङकङमा आज मंगलवार थप ८० जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्रले हङकङले जनाएको छ।

केन्द्रका अनुसार संक्रमितहरुमा ६९ स्थानीय र ११ जना आयातित रहेका छन्। यो तीन महिनाकै सबैभन्दा ठूलो आँकडा हो। यससंगै, हङकङमा कोरोना संक्रमितको संख्या ५,७८२ पुगेको छ।

हङकङमा आज पनि थप ५० भन्दा बढी प्रारम्भिक केसहरू थपिएका छन्। ५४ जना डान्स ग्रुप क्लस्टरबाट संक्रमित भएका छन्। यससंगै यस ग्रुपबाट संक्रमित हुनेको संख्या १८७ पुगेको छ। ५९ जना स्थानीय संक्रमित पुराना केससंग जोडिएका छन् भने १० जना संक्रमितको संक्रमणको स्रोत खुल्न सकेको छैन।

आयातित ११ संक्रमितमध्ये नेपालबाट हङकङ आएका ४ जना रहेका छन्। त्यस्तै अरु संक्रमितहरुमा युक्रेन, टर्की, पाकिस्तान, रसिया र फिलिपिन्सबाट हङकङ आएका रहेका छन्। केन्द्रका अनुसार ५,२७४ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। २९० जनाको उपचार भइरहेको छ। ७ जना कोरोनाका विरामीको अवस्था भने गम्भीर रहेको छ। कोरोनाबाट हङकङमा १०८ जनाको ज्यान गइसकेको छ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...