News Portal

हङकङमा आज ८० जनामा कोरोना संक्रमण पुष्टि, ५० जना भन्दा धेरै प्रारम्भिक केस थपिएको छ

हिमालीसंचार संवाददाता
४१८ पटक

युवा राई/हङकङ –  हङकङमा आज मंगलवार थप ८० जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्रले हङकङले जनाएको छ।

केन्द्रका अनुसार संक्रमितहरुमा ६९ स्थानीय र ११ जना आयातित रहेका छन्। यो तीन महिनाकै सबैभन्दा ठूलो आँकडा हो। यससंगै, हङकङमा कोरोना संक्रमितको संख्या ५,७८२ पुगेको छ।

हङकङमा आज पनि थप ५० भन्दा बढी प्रारम्भिक केसहरू थपिएका छन्। ५४ जना डान्स ग्रुप क्लस्टरबाट संक्रमित भएका छन्। यससंगै यस ग्रुपबाट संक्रमित हुनेको संख्या १८७ पुगेको छ। ५९ जना स्थानीय संक्रमित पुराना केससंग जोडिएका छन् भने १० जना संक्रमितको संक्रमणको स्रोत खुल्न सकेको छैन।

आयातित ११ संक्रमितमध्ये नेपालबाट हङकङ आएका ४ जना रहेका छन्। त्यस्तै अरु संक्रमितहरुमा युक्रेन, टर्की, पाकिस्तान, रसिया र फिलिपिन्सबाट हङकङ आएका रहेका छन्। केन्द्रका अनुसार ५,२७४ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। २९० जनाको उपचार भइरहेको छ। ७ जना कोरोनाका विरामीको अवस्था भने गम्भीर रहेको छ। कोरोनाबाट हङकङमा १०८ जनाको ज्यान गइसकेको छ।

प्रतिकृया दिनुहोस्

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...