News Portal

लोकगायक सुरेश गन्धर्व अस्पताल भर्ना, सहयोगका लागि अनुरोध

हिमालीसंचार संवाददाता
५८३ पटक

धरान– लोक गायक सुरेश गन्धर्व अस्पताल भर्ना भएका छन् ।’रिंकीबुङको राँगो’ लाई बोलको चर्चित गीतका लोकगायक सुरेश गन्धर्व केही समयदेखि अस्वास्थ्य भएर ओछ्यानमा थलिएका थिए । पछिल्लो समय उनको स्वास्थ्य अवस्था नाजुक भएपछि अस्पताल भर्ना भएका हुन्।

उनको अवस्थाबारेमा विभिन्न सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा चर्चा भएपछि रंगभुमी एकेडेमीका अध्यक्ष विष्णु मोक्तानले गन्धर्वको बारेमा सोधी खोजी गरेका थिए ।

आफ्नो सारङ्गी गुरुको स्वास्थ्य अवस्था बिग्रिएको थाहा पाएपछि उनी र नेकपाका नेता चोत्लुङ र सञ्चारकर्मी संजिता धमला लगायतको पहलमा हिजो उनलाई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि गन्धर्वलाई भर्ना गरिएको हो ।

गन्धर्व दीर्घ रोगी भएकोले उनलाई अरू रोगहरूको पनि सङ्क्रमण हुन सक्ने भन्दै प्रतिष्ठानको ट्रपिकल वार्डको ४ नम्बर बेडमा भर्ना गरेर राखेको रंगभुमि एकेडेमीका अध्यक्ष विष्णु मोक्तानले बताए ।

सुरेश गन्धर्वलाई अस्पतालमा भर्ना गरे पछि धरान उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारी सुवेदी पनि अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएकी छिन् ।

उनले सो क्रममा उपचारका लागि सहयोग गर्ने बताइन् । यसै गरी आज धरान उपमहानगरपालिकाका मेयर तिलक राईले पनि गन्धर्वको स्वास्थ्य अवस्था बुझ अस्पताल आउने आफूलाई जानकारी आएको मोक्तानले बताए ।

एउटा लोक भाका र बाजाका सर्जकको स्वास्थ्य उपचारमा यसरी सबैले आर्थिक सहयोग गरेमा सर्जकलाई बचाउन सकिने मोक्तानको भनाई छ । गन्धर्वको उपचारमा डा.सञ्जीव शर्माको टोली संलग्न रहेको बताइएको छ । उनको उपचारका लागि सबैलाई सहयोगको अपिल समेत गरिएको छ ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...