News Portal

लोकगायक सुरेश गन्धर्व अस्पताल भर्ना, सहयोगका लागि अनुरोध

हिमालीसंचार संवाददाता
४५६ पटक

धरान– लोक गायक सुरेश गन्धर्व अस्पताल भर्ना भएका छन् ।’रिंकीबुङको राँगो’ लाई बोलको चर्चित गीतका लोकगायक सुरेश गन्धर्व केही समयदेखि अस्वास्थ्य भएर ओछ्यानमा थलिएका थिए । पछिल्लो समय उनको स्वास्थ्य अवस्था नाजुक भएपछि अस्पताल भर्ना भएका हुन्।

उनको अवस्थाबारेमा विभिन्न सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा चर्चा भएपछि रंगभुमी एकेडेमीका अध्यक्ष विष्णु मोक्तानले गन्धर्वको बारेमा सोधी खोजी गरेका थिए ।

आफ्नो सारङ्गी गुरुको स्वास्थ्य अवस्था बिग्रिएको थाहा पाएपछि उनी र नेकपाका नेता चोत्लुङ र सञ्चारकर्मी संजिता धमला लगायतको पहलमा हिजो उनलाई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि गन्धर्वलाई भर्ना गरिएको हो ।

गन्धर्व दीर्घ रोगी भएकोले उनलाई अरू रोगहरूको पनि सङ्क्रमण हुन सक्ने भन्दै प्रतिष्ठानको ट्रपिकल वार्डको ४ नम्बर बेडमा भर्ना गरेर राखेको रंगभुमि एकेडेमीका अध्यक्ष विष्णु मोक्तानले बताए ।

सुरेश गन्धर्वलाई अस्पतालमा भर्ना गरे पछि धरान उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारी सुवेदी पनि अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएकी छिन् ।

उनले सो क्रममा उपचारका लागि सहयोग गर्ने बताइन् । यसै गरी आज धरान उपमहानगरपालिकाका मेयर तिलक राईले पनि गन्धर्वको स्वास्थ्य अवस्था बुझ अस्पताल आउने आफूलाई जानकारी आएको मोक्तानले बताए ।

एउटा लोक भाका र बाजाका सर्जकको स्वास्थ्य उपचारमा यसरी सबैले आर्थिक सहयोग गरेमा सर्जकलाई बचाउन सकिने मोक्तानको भनाई छ । गन्धर्वको उपचारमा डा.सञ्जीव शर्माको टोली संलग्न रहेको बताइएको छ । उनको उपचारका लागि सबैलाई सहयोगको अपिल समेत गरिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...