News Portal

सन्सारी मन्दिरको निर्माण कार्य सुरु

हिमालीसंचार संवाददाता
४१९ पटक

रबिन्द्र बराल,मोरङ – रंगेली नगरपालिका ७ स्थित चिस्याङ खोलाको बगरमा रहेको श्री सन्सारी माई मन्दिरमा प्रदेश नम्बर १ सरकारले १० कराेड ३३ लाख ३९ हजार २ सय २७ रुपैयाँ बराबरको लागतमा मन्दिर परिसरमा आवश्यक पुुर्वाधार निमार्ण कार्य सुरु गरेको छ।

उधोग पर्यटन वनतथा वातावरण मंत्रालयले मन्दिर परिसरको ५ विघा क्षेत्रफल जग्गामा भक्तजनहरुको सहजताका लागि विवाह व्रतवन्धका लागी पार्टी प्यालेस, पार्क सहितको पोखरी , पुुजारी क्वाटर , स्वागतद्धार, वाउड्रीवाल, मार्केट व्लक तथा मन्दिर परिसरमा सटर सहितका भवन कार्यालय तथा शाैचालय लगायतका पुुर्वाधार वन्न शुुरु गरेको हाे।

धुलिखेल निर्मान सेवा प्राईभेट लिमिटेडले २०७७ मंसिर २६ गते ठेक्का सम्झौता पाएकाे थियोे । भने उक्त कम्पनी ले २०८० जेठ २५ गते निर्माण सम्पन गर्ने भनिए पनि अडाई बर्ष भित्र निर्माणकार्य सम्पन्न गरिने धुलिखेल निर्माणका साईड ईन्चार्ज गणेश खड्काले बताए। मंन्दिर परिसरमा चिल्ड्रेन पार्क, हवन कुन्ड, व्रहामण बस्ने घर गुवाई घर शाैचालय  पार्किङ स्थल, भक्तजन हरु का लागि प्रसाद बनाउनका लागि ग्यास लाईन सहितको भवन भक्तजनहरुका लागि विश्राम कक्ष लगायतका सुबिधा सम्पन्न भवन बनाउने भएको हाे।

बिराटनगर देखि २२ किलोमिटर पुर्वमा रहेको राणा काल भन्दा अगाडि देखि साे स्थानमा माता देवीकाे वासस्थान रहेको बुडा पाकाहरु बताउछन्। अहिले साे मन्दिरमा भक्तजन हरुकाे अवस्था बडि रहेको हुनाले मन्दिरमा बृद्ध,बृद्धा देखि युवाहरु मन्दिरमा पुजा अर्चना गर्ने आउन थालेका मन्दिरका पुजारी कृष्ण काेईरालाले बताए।

उक्त मन्दिरमा अहिले दमक,बिर्तामोड , गाैरीगंञ्ज, ईनरुवा,दुहबी ,घरान, बिराटनगर ,बेलवारी,उर्लाबारी ,अमरदह, र भारतकाे कलकता, हरियाना, कुवाडि लगायतका स्थानहरुबाट भक्तजनहरु आएर पुजा अर्चना गर्ने गर्देछन। मन्दिरमा निकै पुरानो रुख मुनि देविकाे बाँस रहेको पाईन्छ। साे मन्दिरमा आफुुुले चाहेको मनकामना पूरा गर्ने भक्तजनहरुकाे ठुलाे घुईचाे लाग्ने गरेको छ। त्यति मात्रै हाेइन त्यहाँ भाकल गरेको ९० दिन भित्र मनाेकामना पूरा हुने त्यहाँका पुजारी बताउछन। साे मन्दिरमा भाकल गर्दाे कसैले बाेकाकाे बलि दिन्छन भने कसैले परेवा उडाउने गर्छन् त कसैले नरिबलकाे पानी चडाएर आफ्नाे भाकल पुरा गर्छन।

साे मन्दिरमा अहिले विशेष गरि शनिबार र मंगलवार विशेष भक्तजनहरुकाे धुईचाेलाग्ने गरेको छ। उक्त मन्दिरमा भाकल गरेर बाेकाकाे बलिदिने गरेता पनि साे बाेकाकाे मासु त्यहीं पकाएर प्रसादकाे रुपमा खानुपर्ने र घर लैजान नहुने परम्परा हरेकाेे छ। बिगत बर्षमा भारत अररिया जिल्ला पलासमणि १ घर भएकी ४५ बर्षीय अनिता चाैधरी छातिमा जमरा उमारी रहेकि छिन। सो मन्दिरमा प्रदेश १ को सरकारले दुुइवर्षदेखि प्रदेश स्तरमा सो मन्दिर परिसरवाट फुुलपाती वढाई गर्न थालेपछि मन्दिरको महत्व झनै वढेको पाइन्छ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...