News Portal

आठ महिनादेखि बन्द मनकामना केवलकार सञ्चालन गर्न स्थानीयको माग

हिमालीसंचार संवाददाता
५५० पटक

गोरखा – करिव आठ महिनादेखि बन्द रहेको मनकामना केवलकार संचालन गर्न स्थानीयले माग गरेका छन् । केवलकार सञ्चालन गर्न माग गर्दै आइतबार वडा कार्यालयमा निवदेन बुझाइएको उद्योग वाणिज्य संघ मनकामना बजार इकाइका अध्यक्ष हरि श्रेष्ठले बताए ।

इकाइको पहलमा आइतबार जनप्रतिनिधि, राजनितिक दल, व्यापारी, संघसंस्थालगायतका सरोकारवालाहरुको बैठक बसेको थियो । ‘बैठकले केवलकार संचालन गर्न वडा कार्यालयमा निवदेन दिने भन्ने निर्णय गर्‍यो, सोही अनुसार वडा नम्बर २ र ३ को वडा कार्यालयमा हिजै निवदेन बुझायौं’ अध्यक्ष श्रेष्ठले भने ।

गाउँपालिकालाई भने मौखिक जानकारी गराएको उनले बताए । यही मंसिर १५ गतेभित्र केवलकार संचालन गर्न माग गरिएको उनले जानकारी दिए । मनकामना बजार यसअघि खुलिसकेको बताउदै श्रेष्ठले भने, ‘केवलकार मात्र बन्द हो, मोटरबाटोबाट भक्तजनहरु आइरहनुभएको छ, मन्दिर भित्र प्रवेश गर्न नपाएपनि बाहिरबाटै पूजाआजा गर्ने, नरिवल चढाउने गर्नुहुन्छ, बोका पनि मन्दिर वरपर पर्साएर होटलमा लगेर काट्ने गर्नभएको छ,’ उनले भने ।

केवलकार सञ्चालक मनकामना दर्शन प्रालिलाई पनि आफूहरुले अनुरोध गरिसकेको उनको भनाइ छ ।

बैठकमा अधिकांशले केवलकार सञ्चालन गर्न सहमत देखिएको स्थानीय दिनेश जोशीले बताए । ‘हामीले आज पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतका टोलीसँग छलफल ग¥यौ, उहाहरु पनि केवलकार संचालन गर्न सहमत हुनुहुन्छ,’ उनले भने । मन्दिर सञ्चालनका लागि पनि आफूहरुले आवश्यक पहल गर्ने उनले जानकारी दिए ।

स्थानीय सहमत भए आफूहरु पनि संचालन गर्न तयार रहेको मनकामना दर्शन प्रालिका नायव प्रबन्धक उज्वल सेरचनले बताए । ‘मठमन्दिर नखुलेका कारण समस्या भएको हो,’ उनले भने, ‘तर स्थानीयहरु सहमत भएर स्थानीय सरकार र प्रशासन तयार भए हामीलाई पनि सञ्चालन गर्न कुनै आपत्ति छैन ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...