News Portal

स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४०दिन सम्म पनि खुलेन

हिमालीसंचार संवाददाता
५८२ पटक

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तेस्रो डीन नियुक्तिपछि कर्मचारी कल्याणकारी समाजले लगाएको ताला ४० दिनदेखि खुलेको छैन ।असोज २६ गते प्रतिष्ठानको सम्पर्क कार्यालय ललितपुरबाट उपकलुपति प्रा.डा.राजेन्द्रराज वाग्लेले जनस्वास्थ्य संकायको डीनमा प्रा.डा.मुनिराज क्षेत्रीलाई नियुक्त गरेपछि समाजले ताला लगाएको थियो ।

क्षेत्री प्रतिष्ठानको तेस्रो डीन हुन् । निर्णय सच्याउन उपकुलपतिलाई अल्टिमेटम दिए पनि नसच्याएपछि तालाबन्दी गरिएको समाजकाका अध्यक्ष रमाकान्त उपाध्यायले बताए । उनका अनुसार यसअघि नै प्रतिष्ठानमा दुई डीन छन् । ‘दुई डीनले भूमिका नपाइरहेको बेला प्रतिष्ठानलाई आर्थिक भार पार्न तेस्रो डीन नियुक्त गरियो,’ उनले भने, ‘ताला लगाएको ४० दिन पुग्दासमेत निर्णय सच्याउन पहल भएको छैन ।’ उनले आफूहरुको माग पूरा नभएसम्म तालाबन्दी जारी राखिने बताए ।

कर्मचारीले प्रतिष्ठानको उपकुलपति कार्यालय, शिक्षाध्यक्षको कार्यालय र रजिष्ट्रारको कार्यालयमा ताला लगाएका छन् । ताला खोल्नेको लागि आन्दोलित कर्मचारी र केही पदाधिकारीबीच पटकपटक छलफल भएपनि वार्ता सफल भएको छैन । उपकुलपतिसँग मात्र थप छलफल गर्ने आन्दोलित कर्मचारीको अडान छ ।

डीन नियुक्तिको विषयमा कार्यकारी परिषद्को बैठकबाट टुंगो लगाउने तयारी भइरहेको प्रतिष्ठानका रजिष्ट्रार काफ्लेले बताए । ‘ताला खुलाउन विषयमा पटकपटक छलफल भएको छ,’ उनले भने, ‘वार्ता सहमति नजिक पुगेको छ, १/२ दिनभित्रै ताला खुल्छ ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...