News Portal

स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४०दिन सम्म पनि खुलेन

हिमालीसंचार संवाददाता
४७८ पटक

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तेस्रो डीन नियुक्तिपछि कर्मचारी कल्याणकारी समाजले लगाएको ताला ४० दिनदेखि खुलेको छैन ।असोज २६ गते प्रतिष्ठानको सम्पर्क कार्यालय ललितपुरबाट उपकलुपति प्रा.डा.राजेन्द्रराज वाग्लेले जनस्वास्थ्य संकायको डीनमा प्रा.डा.मुनिराज क्षेत्रीलाई नियुक्त गरेपछि समाजले ताला लगाएको थियो ।

क्षेत्री प्रतिष्ठानको तेस्रो डीन हुन् । निर्णय सच्याउन उपकुलपतिलाई अल्टिमेटम दिए पनि नसच्याएपछि तालाबन्दी गरिएको समाजकाका अध्यक्ष रमाकान्त उपाध्यायले बताए । उनका अनुसार यसअघि नै प्रतिष्ठानमा दुई डीन छन् । ‘दुई डीनले भूमिका नपाइरहेको बेला प्रतिष्ठानलाई आर्थिक भार पार्न तेस्रो डीन नियुक्त गरियो,’ उनले भने, ‘ताला लगाएको ४० दिन पुग्दासमेत निर्णय सच्याउन पहल भएको छैन ।’ उनले आफूहरुको माग पूरा नभएसम्म तालाबन्दी जारी राखिने बताए ।

कर्मचारीले प्रतिष्ठानको उपकुलपति कार्यालय, शिक्षाध्यक्षको कार्यालय र रजिष्ट्रारको कार्यालयमा ताला लगाएका छन् । ताला खोल्नेको लागि आन्दोलित कर्मचारी र केही पदाधिकारीबीच पटकपटक छलफल भएपनि वार्ता सफल भएको छैन । उपकुलपतिसँग मात्र थप छलफल गर्ने आन्दोलित कर्मचारीको अडान छ ।

डीन नियुक्तिको विषयमा कार्यकारी परिषद्को बैठकबाट टुंगो लगाउने तयारी भइरहेको प्रतिष्ठानका रजिष्ट्रार काफ्लेले बताए । ‘ताला खुलाउन विषयमा पटकपटक छलफल भएको छ,’ उनले भने, ‘वार्ता सहमति नजिक पुगेको छ, १/२ दिनभित्रै ताला खुल्छ ।

प्रतिकृया दिनुहोस्

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...