News Portal

भूतपूर्व गोर्खाकी छोरी बेलायत सेनाको क्याप्टेन बनिन्

हिमालीसंचार संवाददाता
४७८ पटक

लण्डन –  दुई सय वर्षभन्दा लामो समयदेखि  गोर्खाहरुले गौरवपूर्ण इतिहास निर्माण गरेको बेलायती सेनाको उच्च पदमा हालै एक नेपाली युवती अंशु गुरुङ बेलायत सेनाको क्याप्टेन भएकी छिन।

भूतपूर्व गोर्खा सैनिककी छोरी २७ वर्षीया दन्त चिकित्सक डेन्टिस्ट अंशु कुरुङ बेलायती सेनाको क्याप्टेन पदमा भर्ती भएकी हुन् । बेलायती सेनामा कुनै पनि नेपाली युवतीले हासिल गरेको सम्भवत: यो नै अहिलेसम्मको उच्च दर्जा हो ।  

क्याप्टेन अंशु गुरुङ कास्कीको पोखरा लेखनाथ महानगरपालिका वडा नं. २२ भुम्दी घर भएका ६ गोर्खा राईफलका ‘कलर सार्जन’ अमर गुरुङ र भुम्दिकोट समाज यूके आमा समुहकी अध्यक्ष सुकु गुरुङकी कान्छी छोरी हुन् । गुरुङ परिवार बेलायतमा फार्नबरोमा बस्दै आएको छन्। 

उनका आफन्त समेत पर्ने साउथ इष्ट रिजनल तमु धिं उपाध्यक्ष एवम् तमु धिं यूके सल्लाहकार योगेश गुरुङका अनुसार अंशुले रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टबाट १० हप्ते तालिम पूरा गरेकी छन् । शनिबार मात्रै तालिम पूरा गरेकी उनले क्याप्टेन पदको फुली लगाएकी छन् ।  

गत वर्ष बेलायतको क्वीन म्यारी युनिभर्सिटीबाट दन्त चिकित्सक डेन्टिस्टको अध्ययन पूरा गरेपछि अंशु बेलायती सेना प्रवेश गरेकी हुन्। 

‘एकजना नेपाली चेली बेलायती सेनाको क्याप्टेनजस्तो प्रतिष्ठित जिम्मेवारीमा  पुग्नु हामी सबैको लागि ठूलो गौरवको विषय हो’, आफ्नै साथीकी छोरीको सफलतामा उत्साहित योगेशले भने, ‘अंशुले हासिल गरेको उपलब्धि नयाँ पुस्ताका युवाहरुको लागि प्रेरणा बन्नेछ भन्ने विश्वास छ।” अंशुका स्वर्गीय हजुरबुवा रामप्रसाद गुरुङ समेत भारतीय सेनामा कार्यरत थिए। उनले प्रतिष्ठित  महावीरचक्र पदक प्राप्त गरेका थिए ।

बेलायती सेनामा नेपाली युवाहरु भर्ती हुन लागेको दुई सय वर्षभन्दा लामो समय भइसक्यो । गोर्खा रेजिमेन्टमा नेपालबाट युवतीहरु समेत भर्ना गर्ने बेलायतको योजना रहेपनि अहिलेसम्म कार्यान्वयन भइसकेको छैन ।  

पछिल्ला केही वर्षमा बेलायतबाटै फाट्टफुट्ट रुपमा केही नेपाली किशोरीहरु बेलायती सेनामा भर्ती हुने गरेकोमा क्याप्टेन जस्तो उच्च पदमा अंशु गुरुङको प्रवेशले नेपाली युवतीहरुलाई थप बेलायती सेनातर्फ आकर्षित गर्ने प्रेरणा मिलेको छ।  

प्रतिकृया दिनुहोस्

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...

अति आवश्यक लाइसेन्स पनि ढिलो, सेवाग्राहीलाई कम्तीमा १० दिनको पर्खाइ

काठमाडौं, माघ ७ – अत्यावश्यक कामका लागि सवारी चालक अनुमति पत्र चाहिने सेवाग्राहीले अब तत्कालै...