News Portal

भूतपूर्व गोर्खाकी छोरी बेलायत सेनाको क्याप्टेन बनिन्

हिमालीसंचार संवाददाता
५५८ पटक

लण्डन –  दुई सय वर्षभन्दा लामो समयदेखि  गोर्खाहरुले गौरवपूर्ण इतिहास निर्माण गरेको बेलायती सेनाको उच्च पदमा हालै एक नेपाली युवती अंशु गुरुङ बेलायत सेनाको क्याप्टेन भएकी छिन।

भूतपूर्व गोर्खा सैनिककी छोरी २७ वर्षीया दन्त चिकित्सक डेन्टिस्ट अंशु कुरुङ बेलायती सेनाको क्याप्टेन पदमा भर्ती भएकी हुन् । बेलायती सेनामा कुनै पनि नेपाली युवतीले हासिल गरेको सम्भवत: यो नै अहिलेसम्मको उच्च दर्जा हो ।  

क्याप्टेन अंशु गुरुङ कास्कीको पोखरा लेखनाथ महानगरपालिका वडा नं. २२ भुम्दी घर भएका ६ गोर्खा राईफलका ‘कलर सार्जन’ अमर गुरुङ र भुम्दिकोट समाज यूके आमा समुहकी अध्यक्ष सुकु गुरुङकी कान्छी छोरी हुन् । गुरुङ परिवार बेलायतमा फार्नबरोमा बस्दै आएको छन्। 

उनका आफन्त समेत पर्ने साउथ इष्ट रिजनल तमु धिं उपाध्यक्ष एवम् तमु धिं यूके सल्लाहकार योगेश गुरुङका अनुसार अंशुले रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टबाट १० हप्ते तालिम पूरा गरेकी छन् । शनिबार मात्रै तालिम पूरा गरेकी उनले क्याप्टेन पदको फुली लगाएकी छन् ।  

गत वर्ष बेलायतको क्वीन म्यारी युनिभर्सिटीबाट दन्त चिकित्सक डेन्टिस्टको अध्ययन पूरा गरेपछि अंशु बेलायती सेना प्रवेश गरेकी हुन्। 

‘एकजना नेपाली चेली बेलायती सेनाको क्याप्टेनजस्तो प्रतिष्ठित जिम्मेवारीमा  पुग्नु हामी सबैको लागि ठूलो गौरवको विषय हो’, आफ्नै साथीकी छोरीको सफलतामा उत्साहित योगेशले भने, ‘अंशुले हासिल गरेको उपलब्धि नयाँ पुस्ताका युवाहरुको लागि प्रेरणा बन्नेछ भन्ने विश्वास छ।” अंशुका स्वर्गीय हजुरबुवा रामप्रसाद गुरुङ समेत भारतीय सेनामा कार्यरत थिए। उनले प्रतिष्ठित  महावीरचक्र पदक प्राप्त गरेका थिए ।

बेलायती सेनामा नेपाली युवाहरु भर्ती हुन लागेको दुई सय वर्षभन्दा लामो समय भइसक्यो । गोर्खा रेजिमेन्टमा नेपालबाट युवतीहरु समेत भर्ना गर्ने बेलायतको योजना रहेपनि अहिलेसम्म कार्यान्वयन भइसकेको छैन ।  

पछिल्ला केही वर्षमा बेलायतबाटै फाट्टफुट्ट रुपमा केही नेपाली किशोरीहरु बेलायती सेनामा भर्ती हुने गरेकोमा क्याप्टेन जस्तो उच्च पदमा अंशु गुरुङको प्रवेशले नेपाली युवतीहरुलाई थप बेलायती सेनातर्फ आकर्षित गर्ने प्रेरणा मिलेको छ।  

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...