News Portal

दर्शन ठकुरी समाज कुवेतको अध्यक्षमा हमाल र महासचिबमा मल्ल चयन

हिमालीसंचार संवाददाता
१०९२ पटक

कुवेत – दर्शन ठकुरी समाज कुवेतको अधिवेशनमा रक्तदान कार्यक्रमको आयोजना गरेर सम्पन्न गरिएको छ। गएको शुक्रबार कुवेतको साल्मियामा सम्पन्न चौथो अधिवेशन पश्चात समाजका सम्पुर्ण सदस्यहरुसहित ब्लड बैंक जाब्रियामा गएर रक्तदान गरिएको थियो। एनबिडिको सहकार्यमा उक्त रक्तदान कार्यक्रम गरिएको हो।

उक्त समाजका संस्थापक तथा संरक्षक बिबि मल्लको सभापतित्वमामा सम्पन्न अधिवेशनमा संस्थाका संरक्षक, सल्लाहकार, सदस्यहरुको उपस्थित रहेको थियो। कार्यक्रम संचालन निवर्तमान उपाध्यक्ष माधब शाहीले गरेका थिए।

“ठकुरी भाषा र संस्कृतिको संरक्षण गरौ, सम्पूर्ण ठकुरी एक ढिक्का भई अगाडि बढौं” भन्ने मुलनारा बोकेर स्थापना भएको दर्शन ठकुरी समाज कुवेतले नेपाली समाजमा आफ्नो छुट्टै पहिचान बनाएको छ।

नवनिर्वाचित कार्यसमितिहरुलाइ टीका तथा खादा ओडाएर बधाई दिदै कार्यक्रमको समापन गरीएको थियो भने, नयाँ कार्यसमितिमा मानार्थ संरक्षकहरु डम्बर जङ मल्ल र एल बि हमाल, संरक्षकहरु बिबि मल्ल ठकुरी र बिकास सिंह तथा सल्लाहकारहरुमा उदयराज मल्ल, माधब शाही, तुल्सा मल्ल, राजेन्द्र बम र बल बहादुर खाडलाई सर्वसम्मत चयन गरिएको छ।

तस्तै, समाजको अध्यक्षमा रुपेन बिक्रम हमाल सर्वसम्मतिका साथ चयन भएका हुन। प्रथम उपाध्यक्षमा निरज सिंह ठकुरी, द्वितीय उपाध्यक्षमा बिष्णु शाह र तृतीय उपाध्यक्षमा सन्तोशी शाहीलाई चयन गरिएको छ।

महासचिबमा एक राज मल्ल पनि सर्वसम्मतिमै चयन भएका हुन। सचिबमा गोबिन्द मल्ल, कोषाध्यक्षमा सोनीका सिंह र सह-कोषाध्यक्षमा प्रेम सेनलाई चयन गरिएको हो।

समाजको सदस्यहरुमा कुमार ठकुरी, सरला शाही, बाबू मल्ल, अनिता मल्ल, दीपेन्द्र खाड, गणेश शाही, खेम बहादुर शाही, ज्ञानु सागर शाह, सुरज मल्ल, सत्यम मल्ल, बिजय बम, प्रेम सेन, कृष्ण शाही, अर्जुन शाही, बिजय चन्द, सुरज सेन र सुरज शाही चयन भएका हुन।

त्यस्तै, साँस्कृतिक संयोजकमा बिजय बम र साँस्कृतिक उप-संयोजकमा खेम शाही ठकुरी तथा युवा संयोजकमा दिपेन्द्र खाड र युवा सह संयोजक बाबू मल्ल ठकुरीलाई सर्वसम्मति चयन गरिएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...