News Portal

संसद बिघटनदेखि संकटकाल घोषणासम्मको प्रधानमन्त्री केपी शर्माकाे तयारी

हिमालीसंचार संवाददाता
५३४ पटक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्। प्रायः छुट्टाछुट्टै सुरक्षा निकायका प्रमुखसँग भेट हुनेमा आज एकैसाथ भेट भएको छ। नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद बढ्दै गएको र प्रधानमन्त्री ओलीले कठोर कदम चाल्न सक्ने संकेट गरिरहँदा यसलाई निकै चासोका साथ हेरिएको छ।

प्रधानमन्त्रीले शनिबार साँझ तीन घन्टा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरे। ओली र देउवाबीचको गोप्य छलफलले राजनीतिक वृत्तमा तरंग ल्याएको छ। उनले देउवासँग सत्ता साझेदारीको प्रस्ताव समेत राखेका छन्।

देउवालाई सम्भावित नेकपा दुर्घटनापछि मिलेर जाने प्रस्ताव ओलीबाट आएको छ। त्यसको भोलिपल्ट ओलीले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन्। यो भेटबारे बताउन नमिल्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताएका छन्।

नेकपा विवादको दश दिनको युद्धविराम सकिन पाँच दिनमात्र बाँकी छ। यो अवधिमा ओलीले विभिन्न विकल्प राखेर तयारी थालिसकेका छन्। उनले यसअघि संसद बिघटन गरी मध्यावधिमा जाने विकल्प पनि राखेको चर्चा छ। यसलाई नेकपाभित्रै उनका विश्वासपात्रले रोक्न सफल भए तर, त्यो कदम चाल्ने सम्भावना टरेको मात्र हो, समाप्त भएको भने होइन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...