News Portal

चितवनमा नेकपाकै कार्यकर्ताले पूर्वअर्थमन्त्री पाण्डेलाई लखेटे

हिमालीसंचार संवाददाता
५३० पटक

चितवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई चितवनमा आफ्नै (नेकपाकै) कार्यकर्ताहरुले लखेटेका छन्। चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सदस्यसमेत रहेका पाण्डेलाई आफ्नै निर्वाचन क्षेत्रका जनताले ओलीविरुद्ध अनैतिक शब्द प्रयोग गरेको भन्दै लखेटेका हुन्।

राप्ती नगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रमा पूर्वमन्त्री पाण्डेले विकास निर्माण तथा संसद विकास कोषको विषयमा छलफल गर्ने भनिएको थियो तर, उनले विकास निर्माणको एक शब्द पनि उल्लेख नगरी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीविरुद्ध अनैतिक शब्दहरु प्रयोग गरेको भन्दै कार्यकर्ताहरुले लखेटको बताइएको छ।

कार्यक्रममा नेता पाण्डेले विकास आयोजनाको कुनै प्रसंग नै नचलाई गुट–उपगुटको चर्चासहित प्रधानमन्त्रीलाई गाली बेइजत गरेका कार्यकर्ताको आरोप छ। नेता पाण्डे चितवन विकासको लागि नभई जनता तथा कार्यकर्तालाई भड्काउन आएको समेत एक कार्यकर्ताले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...