मालपोत तुलसीपुरका सुब्बा र सहयोगी ३ लाख बढी रकम घूससहित पक्राउ

दाङ – मालपोत कार्यालय तुलसीपुरका नायब सुब्बा र कार्यालय सहयोगी घूसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल अन्तर्गत सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले शुक्रबार उनिहरुलाई पक्राउ गरेको हो।
मालपोत कार्यालयको तामेली फाँटमा कार्यरत नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई कार्यालयबाटै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो।
उनीहरुले नापी नभएको जग्गाको नापनक्सा बनाई पुर्जा बनाइदिने भन्दै घूस रकम मागेको गोप्य सूचनाको आधारमा गएको टोलीले ३ लाख २० हजार नगदसहित पक्राउ गरेको अख्तियारले जनाएको छ।
पक्राउ परेका उनीलाई नेपालगञ्ज कार्यालयमा राखेर अनुसन्धान गरिरहेको आयोगले जानकारी दिएको छ।









