News Portal

हङकङमा नेपाली जिरे खुर्सानी जल्दा ७ जनाको मृत्यु, सबैको पहिचान खुल्यो

हिमालीसंचार संवाददाता
७७२ पटक

युवा राई/हङकङ – जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेण्टमा आइतवार साँझ भएको आगलागीमा ७ जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा ९ वर्षको बालकसहित ४ पुरुष र ३ महिला रहेका छन्।

प्राप्त जानकारीका अनुसार मृत्यु हुनेहरुमा ९ वर्षीय रायन, ३८ वर्षीय युवाराज कंडेल, ३९ वर्षीय शेर गुरुङ, ४० वर्षीय राम बाबु, नाम नखुलेका अन्दाजी २० वर्षीया एक महिला, ३० वर्षीया अनिता निम्ला र ४० वर्षीया विनिला तामाङ रहेका छन्। घटनामा १८ जना घाइते भएका मध्ये ७ जनाको अवस्था नाजुक र २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

नेपाली रेष्टुरेन्टमा बर्थ डे पार्टी मनाई रहंदा आगलागी भएको बताइए पनि आगलागीको कारण भने अझै खुल्न सकेको छैन। एक पुरुष झ्यालबाट हाम्फालेर र अन्य तीन जनाले भागेर ज्यान जोगाएका छन्। घाइतेहरु अधिकांश नेपाली रहेका छन्। घाइतेहरुलाई क्यारिटास मेडिकल सेन्टर, क्वीन एलिजाबेथ र प्रिन्स मार्गरेट अस्पतालमा लगिएको छ।

प्रत्यक्षदर्शीका अनुसार आगलागी जिरे खुर्सानी नाम गरेको नेपालीद्वारा संचालित रेष्टुरेण्टमा भएको हो। करीव ८:३५ बजे शुरु भएको आगलागी नियन्त्रण गर्न २ घण्टाभन्दा बढी समय लागेको थियो।

आगो द्रुत रूपमा फैलिदै गएपछि धेरै पटक विस्फोटका आवाज सुनिएको प्रत्यक्षदर्शीले बताए। आ-आफ्नो अपार्टमेन्टमा फसेकाहरुले झ्यालबाट बाहिर निस्केर सहयोगको लागि कराइरहेका थिए। फायरफाइटर र प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेका छन्।

हङकङकी कार्यकारी प्रमुख क्यारी लामले घटनाप्रति गहिरो दु:ख व्यक्त गरेकी छन्। लामले सम्बन्धित विभागहरुलाई बचेकाहरूलाई मद्दत गर्न र आगलागीको कारण पत्ता लगाउन निर्देशन दिएकी छन्।

हङकङमा यसलाई दशककै सबैभन्दा घातक आगलागीको घटना मानिएको छ। सन् २०११ मा पनि मङ कोकको फा यून स्ट्रिटमा आगलागी हुँदा ९ जनाको मृत्यु र ३४ जना घाइते भएका थिए। यो १५ बर्षमा शहरको सबैभन्दा खतरनाक आगलागी हो।

प्रतिकृया दिनुहोस्

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...