News Portal

हङकङमा नेपाली जिरे खुर्सानी जल्दा ७ जनाको मृत्यु, सबैको पहिचान खुल्यो

हिमालीसंचार संवाददाता
८२९ पटक

युवा राई/हङकङ – जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेण्टमा आइतवार साँझ भएको आगलागीमा ७ जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा ९ वर्षको बालकसहित ४ पुरुष र ३ महिला रहेका छन्।

प्राप्त जानकारीका अनुसार मृत्यु हुनेहरुमा ९ वर्षीय रायन, ३८ वर्षीय युवाराज कंडेल, ३९ वर्षीय शेर गुरुङ, ४० वर्षीय राम बाबु, नाम नखुलेका अन्दाजी २० वर्षीया एक महिला, ३० वर्षीया अनिता निम्ला र ४० वर्षीया विनिला तामाङ रहेका छन्। घटनामा १८ जना घाइते भएका मध्ये ७ जनाको अवस्था नाजुक र २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

नेपाली रेष्टुरेन्टमा बर्थ डे पार्टी मनाई रहंदा आगलागी भएको बताइए पनि आगलागीको कारण भने अझै खुल्न सकेको छैन। एक पुरुष झ्यालबाट हाम्फालेर र अन्य तीन जनाले भागेर ज्यान जोगाएका छन्। घाइतेहरु अधिकांश नेपाली रहेका छन्। घाइतेहरुलाई क्यारिटास मेडिकल सेन्टर, क्वीन एलिजाबेथ र प्रिन्स मार्गरेट अस्पतालमा लगिएको छ।

प्रत्यक्षदर्शीका अनुसार आगलागी जिरे खुर्सानी नाम गरेको नेपालीद्वारा संचालित रेष्टुरेण्टमा भएको हो। करीव ८:३५ बजे शुरु भएको आगलागी नियन्त्रण गर्न २ घण्टाभन्दा बढी समय लागेको थियो।

आगो द्रुत रूपमा फैलिदै गएपछि धेरै पटक विस्फोटका आवाज सुनिएको प्रत्यक्षदर्शीले बताए। आ-आफ्नो अपार्टमेन्टमा फसेकाहरुले झ्यालबाट बाहिर निस्केर सहयोगको लागि कराइरहेका थिए। फायरफाइटर र प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेका छन्।

हङकङकी कार्यकारी प्रमुख क्यारी लामले घटनाप्रति गहिरो दु:ख व्यक्त गरेकी छन्। लामले सम्बन्धित विभागहरुलाई बचेकाहरूलाई मद्दत गर्न र आगलागीको कारण पत्ता लगाउन निर्देशन दिएकी छन्।

हङकङमा यसलाई दशककै सबैभन्दा घातक आगलागीको घटना मानिएको छ। सन् २०११ मा पनि मङ कोकको फा यून स्ट्रिटमा आगलागी हुँदा ९ जनाको मृत्यु र ३४ जना घाइते भएका थिए। यो १५ बर्षमा शहरको सबैभन्दा खतरनाक आगलागी हो।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...