News Portal

बामदेव गौतमका १२० बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश, बर्दिया कांग्रेसद्वारा भव्य स्वागत

हिमालीसंचार संवाददाता
११९९ पटक

बर्दिया – बर्दिया जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का १ सय २२ जना बर्दिया जिल्लाका नेता कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। गेरुवा गाउँपालिका– १ मा शुक्रबार आयोजित प्रथम वडास्तरीय कांग्रेसको भेलामा नेकपाका स्थानीय नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेको बर्दिया कांग्रेसका युवा नेता मीनराज चौधरीले जानकारी दिए।

नेपाली कांग्रेस गुरुवा– ३ वडा सभापति यमबहादुर थापाको अध्यक्षतामा सम्पन्न भेलाका प्रमुख अतिथि तथा केन्द्रीय सदस्य डा.गोपाल दहित, विशिष्ट अतिथि बर्दिया कांग्रेसका सभापति एवम् प्रतिनिधि सभाका सांसद सञ्जयकुमार गौतमलगायतका नेताहरूले नेकपाका नेता कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरेका हुन्। डा.दहित, सभापति गौतमसहितका नेताहरूले नवप्रवेशीहरूलाई पार्टीमा प्रवेश गराएका थिए।

नेकपा परित्याग गरि कांग्रेस प्रवेश गर्नेमा जनकनगरका मेवालाल चौधरी, डाक्टर थारु (रमेश), रामकुमार चौधरी (मुक्तिपुर)लगायत २ दर्जन स्थानीय नेता कार्यकर्ता रहेका छन्।

माओवादीको तात्कालीन जनसेनासमेत रहेका सरखोलका करम चौधरी, नेकपाका शहीद परिवारका सदस्य रमेश थारु, फूलकुमारी थारुको नेतृत्वमा ३ दर्जन नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको कांग्रेसका युवा नेता चौधरीले जानकारी दिएका छन्।

प्रतिनिधि सभाका उम्मेदवार थापापुरका धनबहादुर कामी, नेकपाका बर्दियाका नेता हर्क रावलको नेतृत्वमा ४ दर्जन नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्। नेकपा परित्याग गरी बगहीपुरका दिनेश शर्माको नेतृत्वमा २ दर्जन र भठेराबाट मानवीर चौधरीसहित १२२ जना नेकपाका स्थानीय नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन्।

कार्यक्रममा नेपाली कांग्रेस संगठन विभागका केन्द्रीय सदस्य एवम् पूर्वजिल्ला सभापति अरुणप्रकाश सिंह राठौर, क्षेत्रीय सभापति दीपकजंग शाह, गेरुवा गाउँपालिकाका अध्यक्ष एवम् कांग्रेसको महासमिति सदस्य जमानसिंह केसी, गेरुवा गाउँपालिकाकी उपाध्यक्ष एवम् कांग्रेसको महासमिति सदस्य हेमकुमारी चौधरी, महसमिति सदस्य एवम् युवा नेता मीनराज चौधरीलगायतले नवप्रवेशहरूलाई स्वागत गर्नुका साथै समसामयिक विषयमा धारणा राखेका थिए।

भेलामा महासमिति सदस्यहरू प्रेम गुरुङ, विजयदत्त देवकोटा, पार्टीका शिक्षा विभागका केन्द्रीय सदस्य कुमार बजगाइँ, गेरुवाका पार्टी सभापति दरवालीलाल चौधरी, साविक पाताभारका सभापति प्रेम रावल, राजु बढुवाल खत्रीलगायतको पनि उपस्थिति रहेको थियो।

भेलामा ५ दर्जनभन्दा धेरै नेपाली कांग्रेसका ज्येष्ठ नागरिकहरूलाई खादा लगाइदिएर सम्मान गरिएको छ। कार्यक्रममा सहभागीहरूलाई बर्दियाका थारु समुदायको नृत्य प्रस्तुत गरिएको थियो।

नेकपाका उपाध्यक्ष एवम् राष्ट्रिय सभाका मनोनीत सांसद बामदेव गौतमको गृहजिल्ला बर्दियामा उनकै नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन्। बामदेव गौतमलाई कांग्रेसका सञ्जयकुमार गौतमले प्रतिनिधि सभाको निर्वाचनमा नराम्रोसँग पराजित गरेका थिए।

प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेससँग पराजित भएपछि पटकपटकको कठोर प्रयासबाट राष्ट्रिय सभाको मनोनीत सांसद बनेका गौतमले काठमाडौंमा उपप्रधानमन्त्रीसहित राम्रो मन्त्रालयको जिम्मेवारी खोजीरहेका बेला गृहजिल्ला बर्दियामा भने उनका नेता कार्यकर्ताहरू पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन्।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...