News Portal

विशाल मानन्धरको पहलमा कुवेतबाट सियोना श्रेष्ठको उपचारका लागी ५१ हजार बढी सहयोग

हिमालीसंचार संवाददाता
१०९९ पटक

कुवेतसिटी – विशाल मानन्धरको बिषेश पहलमा नेपाली जन एकता सेवा समाज कुवेतले बिरामी १३ महिने नाबालिका सियोना श्रेष्ठको उपचारका लागी आर्थिक सहयोग गरेको छ।

हाल पोल्यान्डमा स्पाइनल मस्कुलर एट्रोफी रोगको उपचारार्थ सियोना श्रेष्ठको लागि सहयोगार्थ कुवेती रकम १ सय ३४ दिनार २५० फिल्स (नेपाली रुपैया ५१ हजार ५ सय ३५ रुपैयाँ ५० पैसा) सियोनाको बैक खातामा पठाईएको मुख्य अभियन्ता विशाल मानन्धरले हिमालीसंचारलाई जानकारी दिए।

बिगत ३ बर्ष यतादेखि कुवेतमा कार्यरत मानन्धरले नेपालको परासीस्थित बैंक अफ काठमाण्डूको शाखामा रहेको उनको खातामा पठाईएको बताए। अभियन्ता मानन्धरले सियोनाको बचाउका लागी सहयोग र साथ दिने सम्पुर्ण सहयोगीदाताहरुलाई धन्यवाद ब्यक्त गरेका छन।

यस्तै, सहयोग गर्न चाहने महानुभावहरुले सियोना श्रेष्ठको नाममा रहेको खाता नम्बर २०६५००००००३१५२४ बैंक अफ काठमाण्डू लिमिटेड शाखा परासी, स्विफ्ट कोड (BOKLNPKA) अथवा, ईसेवा आईडी ९८४७२०६४६६/९८१६४५७८०९ मा पनी सहयोग गर्न सकिने छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...