News Portal

विशाल मानन्धरको पहलमा कुवेतबाट सियोना श्रेष्ठको उपचारका लागी ५१ हजार बढी सहयोग

हिमालीसंचार संवाददाता
१०२६ पटक

कुवेतसिटी – विशाल मानन्धरको बिषेश पहलमा नेपाली जन एकता सेवा समाज कुवेतले बिरामी १३ महिने नाबालिका सियोना श्रेष्ठको उपचारका लागी आर्थिक सहयोग गरेको छ।

हाल पोल्यान्डमा स्पाइनल मस्कुलर एट्रोफी रोगको उपचारार्थ सियोना श्रेष्ठको लागि सहयोगार्थ कुवेती रकम १ सय ३४ दिनार २५० फिल्स (नेपाली रुपैया ५१ हजार ५ सय ३५ रुपैयाँ ५० पैसा) सियोनाको बैक खातामा पठाईएको मुख्य अभियन्ता विशाल मानन्धरले हिमालीसंचारलाई जानकारी दिए।

बिगत ३ बर्ष यतादेखि कुवेतमा कार्यरत मानन्धरले नेपालको परासीस्थित बैंक अफ काठमाण्डूको शाखामा रहेको उनको खातामा पठाईएको बताए। अभियन्ता मानन्धरले सियोनाको बचाउका लागी सहयोग र साथ दिने सम्पुर्ण सहयोगीदाताहरुलाई धन्यवाद ब्यक्त गरेका छन।

यस्तै, सहयोग गर्न चाहने महानुभावहरुले सियोना श्रेष्ठको नाममा रहेको खाता नम्बर २०६५००००००३१५२४ बैंक अफ काठमाण्डू लिमिटेड शाखा परासी, स्विफ्ट कोड (BOKLNPKA) अथवा, ईसेवा आईडी ९८४७२०६४६६/९८१६४५७८०९ मा पनी सहयोग गर्न सकिने छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...