News Portal

कुवेतमा सडक दुर्घटनामा जाजरकोटका एक युवकले ज्यान गुमाए

हिमालीसंचार संवाददाता
२२०४ पटक

माधब शाही/कुवेत – कुवेतमा सडक दुर्घटनामा परेर एक नेपाली युवकको मृत्यु भएको छ। सडक दुर्घटनामा बारेकोट गाऊँपालिका-४ जाजरकोटका ३२ वर्षीय दिपक सिंह ठकुरीको मृत्यु भएको हो।

मृतक ठकुरी विगत ३ वर्षदेखि कुवेतको सीजीजीसी कम्पनीमा काम गर्दे आएका थिए। उक्त कम्पनीमा कार्यरत यमराज छिनालका अनुसार उनलाई सडक पार(क्रस) गर्ने क्रममा विपरित दिशाबाट आएको मालवाहक गाडीले ठक्कर दिएको थियो।

रात्री(नाइट) ड्युटी सकेर आवासमा फर्किने क्रममा बुधवार विहान करिव ४ बजे उनलाई टिप्पर गाडीले ठक्कर दिएको थियो। ऊनका नेपालमा एक ६ वर्षीया छोरी, ४ वर्षीय एक छोरा र श्रीमती छन्।

घटनाबारे कम्पनीले कुवेतस्थित नेपाली दूतावासलाई जानकारी गराइसकिएको छ भने, दूतावासले पनि कम्पनीसँग समन्वय गरेर उनको शवलाई नेपाल पठाउने प्रक्रिया अघि बढाइने जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...