News Portal

कुवेतमा सडक दुर्घटनामा जाजरकोटका एक युवकले ज्यान गुमाए

हिमालीसंचार संवाददाता
२३३० पटक

माधब शाही/कुवेत – कुवेतमा सडक दुर्घटनामा परेर एक नेपाली युवकको मृत्यु भएको छ। सडक दुर्घटनामा बारेकोट गाऊँपालिका-४ जाजरकोटका ३२ वर्षीय दिपक सिंह ठकुरीको मृत्यु भएको हो।

मृतक ठकुरी विगत ३ वर्षदेखि कुवेतको सीजीजीसी कम्पनीमा काम गर्दे आएका थिए। उक्त कम्पनीमा कार्यरत यमराज छिनालका अनुसार उनलाई सडक पार(क्रस) गर्ने क्रममा विपरित दिशाबाट आएको मालवाहक गाडीले ठक्कर दिएको थियो।

रात्री(नाइट) ड्युटी सकेर आवासमा फर्किने क्रममा बुधवार विहान करिव ४ बजे उनलाई टिप्पर गाडीले ठक्कर दिएको थियो। ऊनका नेपालमा एक ६ वर्षीया छोरी, ४ वर्षीय एक छोरा र श्रीमती छन्।

घटनाबारे कम्पनीले कुवेतस्थित नेपाली दूतावासलाई जानकारी गराइसकिएको छ भने, दूतावासले पनि कम्पनीसँग समन्वय गरेर उनको शवलाई नेपाल पठाउने प्रक्रिया अघि बढाइने जनाएको छ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...