News Portal

प्रधानमन्त्रीले अब यसरी लिनेछन् मन्त्रीको परीक्षा

हिमाली संचार संवाददाता
७७६ पटक

काठमाडौं – अधिकांश मन्त्रीले अपेक्षाअनुसार काम नगरेको निष्कर्षमा पुगेका प्रधानमन्त्री केपी ओली ‘डिजिटल सिस्टम’बाट उनीहरूको मूल्यांकन गर्ने तयारीमा छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

असोजदेखि हरेक महिना कुन मन्त्रालय र मन्त्रीले कति समयमा के–कति काम गरे भन्ने मूल्यांकन सफ्टवेयरबाटै हुने भएको हो । अनलाइन मूल्यांकनकै आधारमा मन्त्रीलाई प्रोत्साहन र कारबाही गर्ने योजना प्रधानमन्त्रीको छ ।

सफ्टवेयर असोजको पहिलो साता सञ्चालनमा आएपछि प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित कार्यकक्ष या बालुवाटारस्थित निवासमै बसेर ट्याबलेट, ल्यापटप वा मोबाइलबाट मन्त्री र मन्त्रालयहरूको कामको प्रगति विवरण हेर्न सक्नेछन् । कार्यतालिकाअनुसार प्रगति विवरणमा देखिएन भने किन काम भएन, के–के समस्याहरू आए, कुनै कानुनी वा नीतिगत अडचन, बजेट वा अरु कुनै कारणले हुन नसकेका कामको विषयमा जानकारी लिनेछन् ।

मन्त्रालयहरूले हरेक महिना ७ गतेभित्र कार्ययोजनाअनुसारको प्रगति विवरण बुझाएलगत्तै तीन श्रेणीमध्ये एउटामा सूचीकृत हुनेछ । सफ्टवेयरले नै मूल्यांकन गरेर सूचीकृत गर्नेछ । प्रतिबद्धताअनुसार ८० प्रतिशतभन्दा माथि काम गर्ने मन्त्री अति राम्रो अर्थात् ग्रीन जोनुभित्र पर्नेछन् । ५० देखि ८० प्रतिशत काम गर्ने औसत अर्थात् एल्लो  जोनुभित्र पर्नेछन् । ५० प्रतिशतभन्दा कम निराशाजनक काम गर्ने मन्त्री रेड जोन भित्र पर्नेछन् ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...