News Portal

कर्णालीको हिमाली जिल्ला पुर्याउने चामल सुर्खेतबाट भक्तपुर लैजाँदै गरेको ट्रक प्रहरी नियन्त्रणमा

हिमालीसंचार संवाददाता
८३० पटक

सुर्खेत – खाद्य संस्थानको चामल बिक्री गर्न लागिएको आशंकामा बीरेन्द्ररनगर पिपिरा नजिकैबाट ट्रकसहित १८ टन चामल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। सुर्खेतबाट भक्तपुर लिन लागेको चामल बिशेष सुचनाको आधारमा ट्रक र चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालयका सुर्खेतका एसपी राजेन्द्र भट्टले सुर्खेतका ब्यापारीले बाहिरी जिल्ला पठाएको हुन सक्ने बताए। एसपी राजेन्द्र भट्टले २ सय ५० क्विन्टल चामल बराबद गरिसकेको भन्दै थप अनुसन्धान भईरहेको बताए।

ऊनले वीरेन्द्रनगमा रहेको एक व्यापारिक फर्मले अर्को बाहिर जिल्लाको अर्को फर्मलाई दिएको बताए। वीरेन्द्रनगरको दुर्गा भगवती सप्लायर्सले भक्तपुरको अजय सप्लायर्सको नाममा बिल बनाएको छ। दुर्गा भवानी नेपाल खाद्य संस्थानको खाद्यान्न ढुवानीकर्ता व्यापारिक फर्म हो।

वासुदेव शर्माको स्वामित्वको सप्लायर्सले कर्णालीको हिमाली जिल्लामा ढुवानीको जिम्मा लिएको छ। प्रहरीले उक्त सप्लायर्सको वीरेन्द्रनगरमा रहेको गोदामसमेत सिल गरेको बताएको छ। यती ठूलो परिणाममा बाहिरी जिल्लामा चामल लिन खोजिनु शंकास्पद भएको भन्दै थप अनुसन्धान भईरहेको उनको भनाई छ।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...