News Portal

विमानस्थलमा महिला यात्रुको कपडा उतार्न लगाएर जाँच गरेकोमा कतारले माफी माग्यो

हिमालीसंचार संवाददाता
५७१ पटक

ऐजेन्सी – कतारको अन्तर्राष्ट्रिय विमानस्थलमा महिला यात्रीहरुसँग आपत्तिजनक तरिकाले जाँच गरेको आरोपमा कतारले माफी मागेको छ । घटना गत २ अक्टोबरमा भएको हो । दोहास्थित एक विमानस्थलमा एक नवजात शिशु फोहोर फाल्ने डब्बामा फेला परेकी थिइन् ।  त्यसपछि बच्चा कसले जन्म दिएको हो भनेर पत्ता लगाउन विमानस्थलमा रहेका कयौँ महिलाको जाँच गरिएको थियो ।

जाँचको क्रममा महिलाहरुको भित्री वस्त्र-कपडा खोल्न लगाएर आपत्तिजनक तरिकाले जाँच गरिएको थियो । कम्तिमा १० वटा उडानमा रहेका महिला यात्रुहरुको यसरी जाँच गरिएको बताइएको छ ।

अस्ट्रेलियाको सरकारका अनुसार यसरी जाँचबाट गुज्रनु पर्ने विदेशी महिलाहरुमा कम्तिमा १८ जना अस्ट्रेलियाका नागरिक थिए। अस्ट्रेलियाको मिडियाले यस विषयमा पहिले रिपोर्ट प्रकाशित गरेको थियो । दोहाबाट सिड्नी उडान भर्न लागेको विमानबाट सबै महिलाहरुलाई विमानबाट उतारिएको थियो। त्यसपछि उनीहरुलाई एक एम्बुलेन्समा लगिएको जहाँ उनीहरुलाई भित्री वस्त्र उतार्न लगाएर परीक्षण गरिएको थियो ।

कतार सरकारले आफ्नो वेबसाइटमा एक वक्तव्य जारी गर्दै महिला यात्रुले बेहोर्नु परेको असुविधाको लागि माफी मागेको छ । सरकारका अनुसार एक बच्ची फोहोर फाल्ने डब्बामा प्लास्टिकको ब्यागमा फेला परेकी थिइन् । त्यही भएर उनको मातापितालाई खोज्न थालिएको थियो । यसक्रममा शिशु भेटिएको स्थानबाट नजिकका विमानहरुको जाँच गरिएको थियो ।

यस्तो भायनक अपराधबाट आरोपी भाग्न नसकोस् भनेर जाँच गरिएको बताउँदै यसबाट यात्रुको निजी स्वतन्त्रता उल्लंघन भएकोमा माफी मागेको छ । कतार सरकारले बच्चीको अवस्था अहिले स्वस्थ र सुरक्षित रहेको छ । सरकारले यस विषयको व्यापक र पारदर्शी जाँच गर्न निर्देशन दिँदै यसको रिपोर्ट अन्य देशलाई पनि साझा गर्न भनेको छ । यो समाचार बीबीसीले लेखेको छ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...