News Portal

विमानस्थलमा महिला यात्रुको कपडा उतार्न लगाएर जाँच गरेकोमा कतारले माफी माग्यो

हिमालीसंचार संवाददाता
४४९ पटक

ऐजेन्सी – कतारको अन्तर्राष्ट्रिय विमानस्थलमा महिला यात्रीहरुसँग आपत्तिजनक तरिकाले जाँच गरेको आरोपमा कतारले माफी मागेको छ । घटना गत २ अक्टोबरमा भएको हो । दोहास्थित एक विमानस्थलमा एक नवजात शिशु फोहोर फाल्ने डब्बामा फेला परेकी थिइन् ।  त्यसपछि बच्चा कसले जन्म दिएको हो भनेर पत्ता लगाउन विमानस्थलमा रहेका कयौँ महिलाको जाँच गरिएको थियो ।

जाँचको क्रममा महिलाहरुको भित्री वस्त्र-कपडा खोल्न लगाएर आपत्तिजनक तरिकाले जाँच गरिएको थियो । कम्तिमा १० वटा उडानमा रहेका महिला यात्रुहरुको यसरी जाँच गरिएको बताइएको छ ।

अस्ट्रेलियाको सरकारका अनुसार यसरी जाँचबाट गुज्रनु पर्ने विदेशी महिलाहरुमा कम्तिमा १८ जना अस्ट्रेलियाका नागरिक थिए। अस्ट्रेलियाको मिडियाले यस विषयमा पहिले रिपोर्ट प्रकाशित गरेको थियो । दोहाबाट सिड्नी उडान भर्न लागेको विमानबाट सबै महिलाहरुलाई विमानबाट उतारिएको थियो। त्यसपछि उनीहरुलाई एक एम्बुलेन्समा लगिएको जहाँ उनीहरुलाई भित्री वस्त्र उतार्न लगाएर परीक्षण गरिएको थियो ।

कतार सरकारले आफ्नो वेबसाइटमा एक वक्तव्य जारी गर्दै महिला यात्रुले बेहोर्नु परेको असुविधाको लागि माफी मागेको छ । सरकारका अनुसार एक बच्ची फोहोर फाल्ने डब्बामा प्लास्टिकको ब्यागमा फेला परेकी थिइन् । त्यही भएर उनको मातापितालाई खोज्न थालिएको थियो । यसक्रममा शिशु भेटिएको स्थानबाट नजिकका विमानहरुको जाँच गरिएको थियो ।

यस्तो भायनक अपराधबाट आरोपी भाग्न नसकोस् भनेर जाँच गरिएको बताउँदै यसबाट यात्रुको निजी स्वतन्त्रता उल्लंघन भएकोमा माफी मागेको छ । कतार सरकारले बच्चीको अवस्था अहिले स्वस्थ र सुरक्षित रहेको छ । सरकारले यस विषयको व्यापक र पारदर्शी जाँच गर्न निर्देशन दिँदै यसको रिपोर्ट अन्य देशलाई पनि साझा गर्न भनेको छ । यो समाचार बीबीसीले लेखेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...