News Portal

ओलीले सरकार संचालनका क्रममा धेरै कमजोरीहरु गरे – नारायणकाजी श्रेष्ठ

हिमालीसंचार
४८९ पटक

काठमाण्डौ – सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले भारतका गुप्तचर संस्थाका प्रमुखसँग भेट्नु गलत भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्रालयका प्रतिनिधीविना भारतको जासुसी संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग भेट गर्नु विधि र परम्परा विपरित भएको श्रेष्ठको भनाई छ । गोयल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दुत भएर नेपाल आएको भए पनि पूर्वजानकारी हुनुपर्नेमा त्यसो नगरिएकोमा श्रेष्ठले आपत्ति प्रकट गरेका छन् ।

जनता जान्न चाहन्छन् भन्ने कार्यक्रम अन्तर्गत ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले विगतमा भारतले नेपालमा सुक्षम हस्तक्षेप गरे पनि त्यसको अन्त्य भएका बेला फेरी गोयलको भेटले हस्तक्षेप शुरु भएको टिप्पणी गरे ।

नेकपा कर्णाली प्रदेशको विवाद समान्य भए पनि केन्द्रमा पार्टीको निर्णय ओलीले पालना नगर्दा समस्या देखिएको उहाँको भनाई छ । श्रेष्ठले कर्णाली प्रदेशको विवाद प्रदेशकै अधिकारअन्तरगत रहेको पनि बताए । श्रेष्ठले सरकार संचालनका क्रममा ओलीले धेरै कमजोरीहरु गरेको आरोप पनि लगाएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...