News Portal

नवीन चाम्लिङ राईको ‘प्रदेशी जीवन…’ गीत सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५११ पटक

काठमाण्डौ – नवीन चाम्लिङ राईको ‘प्रदेशी जीवन.।।!’ गीत मुन्धुमस्टार टिभिको अफिसियल युट्युब च्यानल मार्फत स्टुडियो भर्सनको भिडियो आज सार्वजनिक गरेका छन्।

सार्वजनिक म्युजिक भिडियोको गीतका शब्द रचना र संगीतकार नवीन चाम्लिङ राईले नै गरेका हुन। यस गीतमा आवाज सदाबहार गायक कृष्ण भक्त राईको रहेको छ। चोखो मुन्धुमी मायालाई प्रदेशमा रहेका मायालुको याद गर्दै चाडपर्व आउँदा अझ धेरै याद आउने कुरा गीत मार्फत गीतकार राईले ब्याक्त गरेका छन ।

स्टुडियो किङ्समा रेकर्ड गरिएको गीतको राजु कार्किले मिक्सिङ गरेका हुन्। यस गीतको एरेन्ज गायक स्वयम् कृष्णभक्त राईले नै गरेका हुन। गीतको रेकर्डिङ मनोज साम्सोङ राईले गरेका हुन  भने यस गीतको छायांकन तथा सम्पादन मुन्धुमस्टार टिभिले गरेको हो ।

गीतकार राईले प्रदेशमा बसेर, गीत मार्फत स्वदेशमा भएको मायाको याद अभिव्यक्त गरेका छन, आफ्नो माया स्वदेशमा बसेर आफुलाई प्रखेका कुरा गीत मार्फत अभिव्यक्त गरेका छन। यो गीत प्रदेशीको पिडा, गाउँघर, मेलापात, हाटबजार, प्रकृति र सच्चा प्रेमलाई नयाँ अनि टिपिकल भाकामा गीतकार तथा संगीतकार राईले गीत मार्फत भावना सन्देश दिएका छन्। 

 नवीन चाम्लिङ राईले पछिल्लो समय नेपाली गीत सांगीतमा एकपछि अर्को नया गीतसंगीत सार्वजनिक गर्दै आईरहेका छन । यस गीतको स्टुडियो भर्सनको भिडियो आजै सार्वजनिक भए पनी बाहिर छायांकन गरिएको पूर्ण म्युजिक भिडियो भने तिहार अघि नै बजारमा ल्याउने गीत निर्माण पक्षले हिमाली संचार डटकमसंगको कुराकानीमा जानकारी दिएका हुन।

म्युजिक भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...