News Portal

नवीन चाम्लिङ राईको ‘प्रदेशी जीवन…’ गीत सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५९४ पटक

काठमाण्डौ – नवीन चाम्लिङ राईको ‘प्रदेशी जीवन.।।!’ गीत मुन्धुमस्टार टिभिको अफिसियल युट्युब च्यानल मार्फत स्टुडियो भर्सनको भिडियो आज सार्वजनिक गरेका छन्।

सार्वजनिक म्युजिक भिडियोको गीतका शब्द रचना र संगीतकार नवीन चाम्लिङ राईले नै गरेका हुन। यस गीतमा आवाज सदाबहार गायक कृष्ण भक्त राईको रहेको छ। चोखो मुन्धुमी मायालाई प्रदेशमा रहेका मायालुको याद गर्दै चाडपर्व आउँदा अझ धेरै याद आउने कुरा गीत मार्फत गीतकार राईले ब्याक्त गरेका छन ।

स्टुडियो किङ्समा रेकर्ड गरिएको गीतको राजु कार्किले मिक्सिङ गरेका हुन्। यस गीतको एरेन्ज गायक स्वयम् कृष्णभक्त राईले नै गरेका हुन। गीतको रेकर्डिङ मनोज साम्सोङ राईले गरेका हुन  भने यस गीतको छायांकन तथा सम्पादन मुन्धुमस्टार टिभिले गरेको हो ।

गीतकार राईले प्रदेशमा बसेर, गीत मार्फत स्वदेशमा भएको मायाको याद अभिव्यक्त गरेका छन, आफ्नो माया स्वदेशमा बसेर आफुलाई प्रखेका कुरा गीत मार्फत अभिव्यक्त गरेका छन। यो गीत प्रदेशीको पिडा, गाउँघर, मेलापात, हाटबजार, प्रकृति र सच्चा प्रेमलाई नयाँ अनि टिपिकल भाकामा गीतकार तथा संगीतकार राईले गीत मार्फत भावना सन्देश दिएका छन्। 

 नवीन चाम्लिङ राईले पछिल्लो समय नेपाली गीत सांगीतमा एकपछि अर्को नया गीतसंगीत सार्वजनिक गर्दै आईरहेका छन । यस गीतको स्टुडियो भर्सनको भिडियो आजै सार्वजनिक भए पनी बाहिर छायांकन गरिएको पूर्ण म्युजिक भिडियो भने तिहार अघि नै बजारमा ल्याउने गीत निर्माण पक्षले हिमाली संचार डटकमसंगको कुराकानीमा जानकारी दिएका हुन।

म्युजिक भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...