News Portal

वरिष्ठ सहसचिवको पीआइएससहित नामावली पठाउन परिपत्र

हिमालीसंचार संवाददाता
४०५ पटक

काठमाडौँ – नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले वरिष्ठ कार्यकारी विकास कार्यक्रमका लागि सहसचिवको नामावली माग गरेको छ। प्रतिष्ठानले कार्तिक २४ गतेदेखि २०७८ वैशाख २२ गतेसम्म सञ्चालन गर्ने ६ महिने ३९ औँ वरिष्ठ कार्यकारी विकास कार्यक्रमका लागि सहसचिवहरूको नामावली पठाउन भनेको हो।

लिडरसिप, इन्टिग्रिटी, स्ट्याटजिक म्यानेजमेन्ट, गभर्नेन्स र पोसिली म्यानेजमेन्ट गरी विभिन्न ५ वटा मोड्यूल र इन्टर मोड्यूल एक्सन लर्निङसहितको उक्त कार्यक्रमका लागि २५ जना राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत९सहसचिव०को मनोनयन गरी नामावली पठाउन प्रतिष्ठानले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको हो।

मोबाइल नम्बरसहितको नामावली १९ गतेभित्र पठाइसक्न भनिएको छ। २१ गते अभिमुखीकरण कार्यक्रम राखेको प्रतिष्ठानले कोभिड–१९ का कारण अनलाइन विधिबाटै कार्यक्रम सञ्चालन हुने जनाएको छ।

प्रतिष्ठानले पत्र पठाएको करिब दुई हप्तापछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, निकाय, कार्यालय तथा सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गर्दै ४ वर्ष सेवा अवधि पुरा भएका वरिष्ठत सहसचिवको पीआइएससहित नामावली पठाउन परिपत्र जारी गरेको छ।

https://drive.google.com/file/d/1KUyPJqeIMgHfNtDLuknoFB1quzguyqJh/view?usp=drivesdk

प्रतिकृया दिनुहोस्

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...