News Portal

दिवंगत बुवामुवाको स्मृतिमा समाजसेवी शाहीले निर्माण गर्दै खानेपानी आयोजना

हिमालीसंचार संवाददाता
१६०४ पटक

सुर्खेत – समाजसेवी तथा निर्माण व्यावसायि बखत शाहीले आफ्ना दिवंगत बुबामुमाहरुको सम्झनामा गाउँमा खानेपानी आयोजना निर्माणको थालनी गरेका छन्। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ को चाँदनी चोकस्थित ट्यांकीबाट त्यहाँका २ सय ५० घरधुरीका लागि खानेपानी आयोजनाको निर्माण शुरु भएको छ।

समाजसेवी शाही र उनकी पत्नी निर्मला शाहीको संयुक्त खर्चमा बुवा हर्कबहादुर शाही र मुमाहरु तुल्सीदेवी शाही, रामकुमारी शाहीको स्मृतिमा खानेपानी आयोजना निर्माण हुदैछ। असोज अन्तिम देखि शुरु भएको उक्त आयोजनालाई कार्तिक महिनाभित्र सम्पन्न गर्नेगरी तिब्र गतिमा काम भैरहेको छ।

उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतमा कार्यरत शाही र कृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्राममा शिक्षण पेशामा आवद्ध उनकी पत्नी निर्मलाले आफूहरुले कमाएको वार्षिक आम्दानीलाई लगानी गरेर खानेपानी आयोजना निर्माण गर्न लागिएको छ।

“दिवंगत बुवामुवाहरुको स्मृतिमा हामीले बिरेन्द्रनगर जस्तो कर्णाली प्रदेशको राजधानीमा बसोबास गर्ने दाजुभाइ दिदिबहिनीलेसमेत खानेपानीबाट बन्चित हुनुको पिडालाई बोध गरेर यो परियोजना निर्माण गर्न लागेका हौं” शाहीले भने।

शाही दम्पतीले निर्माण गर्न लागेको यस परियोजनामा गाउँकै मुहानको पानीलाई ट्यांकीमा रिर्जभ गरी त्यही धारा जडान गरिदैछ। यसको लागत ५ लाख जति लाग्ने अनुमान गरिएको छ। खानेपानी आयोजना स्थल नजिकै प्रतिक्षालयसमेत निर्माण गरिने शाही दम्पतीले बताए।

आयोजनाको निर्माण तिब्र गतिमा भैरहेको देखेर स्थानीयहरु हर्षित भएका छन्। एक स्थानीयले स्वच्छ खानेपानी पिउन पाउने सपना साकार हुन लागेको प्रति असाध्यै खुसी व्यक्त गरेका छन्, उनले भने “राजा भनेको राजै हो”। ठकुरीहरुलाई सम्बोधन गर्दा राजा भन्ने चलन छ।

बाल्यकाल देखिनै समाजसेवी भाव राख्ने शाहीले थुप्रै सामाजिक काम सम्पन्न गरिसकेका छन्। गतवर्ष देखी स्वर्गीय बुबामुवाहरुको स्मृतिमा शाही दम्पतीले सामुदायिक विद्यालयहरुमा एक लाख बराबरको अक्षयकोष स्थापना गरेर गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेका छन्।

बिरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ स्थित कोपिला माध्यमिक विद्यालय, पर्सेनिमा एकलाख बराबरको अक्षयकोष शुरुआत भैसकेको छ। यस्तै अन्य थुप्रै सामुदायिक विद्यालयहरुमा अक्षयकोष स्थापना गर्ने शाहीको लक्ष्य रहेको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...