News Portal

  • मलेसियाको एक तेल कम्पनीमा कार्यरत २४ नेपालीमा कोरोना संक्रमण पुष्टि

    हिमालीसंचार संवाददाता
    १३९ पटक

    क्वालालम्पुर – मलेसियाको सेलाङ्गर राज्य भित्र पर्ने पोर्ट केलाङ् भन्ने ठाउँमा रहेको एक तेल उत्पादक कम्पनीमा कार्यरत स्थानीय मलेेसियन नाागरिक लगायत नेपाली कामदारहरुमा पनि कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ।

    सो कम्पनीमा कार्यरत एक कामदारले जानकारी गराएअनुसार कम्पनीमा कामगर्ने एकजना मलेसियन र अर्को एकजना चाइनिज महिला रुघाखोकीबाट ग्रसित भैई दिनैपिच्छे कामबाट विदा लिने गरेपछि कोरोनाको आशंकामा गएको १२ तारिख अस्पतालमा स्वाब परिक्षण, चेकजाँच गराउदा कोरोना देखिएकोले बाँकी सम्पुर्ण कामदारको पनि स्वाब परिक्षण गरेपछि स्थानीयलगायत करिब ६० जना नेपाली कामदारहरु मध्ये २४ जना नेपालीमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको र बाँकी अन्य नेपालीहरु सुरक्षित रहेको बताईएको छ।

    मलायाखबरका अनुसार कोरोना संक्रमण पोजेटिभ देखिएका स्थानीयलगायत नेपाली कामदारहरूको कोरोना विशेष अस्पतालमा थप उपचार भइरहेको र रिपोर्ट नेगेटिभ आएकाहरू होम आइसुलेसनमा बसिरहेको जानकारी दिए।

    रोजगारदाता कम्पनीले पनि संक्रमितहरुसंग सक्दो सहयोग सहकार्य राम्रै गरिरहेको र उपचारमा सघाउ पुर्याइरहेको होम क्वारेन्टाइनमा बसिरहेका एक नेपाली कामदारले बताए।

    प्रतिकृया दिनुहोस्

    नितिका एण्ड राज कन्ट्रक्सनले ईन्जिनियरलाई अटेर गर्देे पुनः सडक निर्माण

    रबिन्द्र बराल माेरङकाे- रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मालपोत कार्यालय अगाडि देखि मुरारी सोनीको...

    सन्सारी मन्दिरको निर्माण कार्य सुरु

    रबिन्द्र बराल,मोरङ – रंगेली नगरपालिका ७ स्थित चिस्याङ खोलाको बगरमा रहेको श्री सन्सारी माई मन्दिरमा प्रदेश...

    आठ महिनादेखि बन्द मनकामना केवलकार सञ्चालन गर्न स्थानीयको माग

    गोरखा – करिव आठ महिनादेखि बन्द रहेको मनकामना केवलकार संचालन गर्न स्थानीयले माग गरेका छन्...

    काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए १ हजार ७ कोरोना संक्रमित

    काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य...

    स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४०दिन सम्म पनि खुलेन

    जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तेस्रो डीन नियुक्तिपछि कर्मचारी कल्याणकारी समाजले लगाएको ताला ४०...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।

    हामीसंग फेसबुकमा जोडीनुहोस।