News Portal

मकाउबाट आज ६३ जना नेपाली हङकङ हुदै नेपाल उड्यो

हिमालीसंचार संवाददाता
७७० पटक

मकाउ – कोभिड- १९ का कारण अन्तर्राष्ट्रिय उडानहरु स्थगन भई सृजना भएको विषम परिस्थितिमा मकाउबाट हङकङ अन्तराष्ट्रिय विमानस्थल हुदै नेपाल फर्केका छन्।  नेपाल सरकारले निर्धारण गरेको नियमित उडान मार्फत मकाउबाट ५ जना महिला सहित ६३ जना नेपाली नेपाल फर्केका हुन्।

महावाणिज्यदूतावास हङकङले आफ्नो फेसबुक पेजबाट सार्वजनिक गरेको सूचनाको आधारमा ६६ जनाको कागजपत्र तयार गरेता पनि विभिन्न समस्याका कारण ३ जना नेपाल जान रोकिएका छन् ।  बाकी ६३ जना आज हङकङ हुदै नेपाल प्रस्थान गरेको गैरआवासीय नेपाली संघ मकाउका अध्यक्ष पुर्णबहादुर गुरुङले जानकारी दिएका छन् । 

संधका अध्यक्ष गुरुङका अनुसार मकाउबाट नेपाल फर्कनेहरुले कमाउका स्थानीय समय विहान ७:३० बजे हङकङ-जुहाइ-मकाउ बस टर्मिनलमा तोकिएको समयमा उपस्थित भइदिन महावाणिज्यदूतावास हङकङले दुईदिन अधि सूचना जारी गरेर अनुरोध समेत गरेको थियो।  

यस विषम परिस्थितिमा नेपाल-हङकङ-मकाउ सरकारको सहयोग र समन्वयमा यी सबै काम सम्पन्न भएको हो । नेपाली महावाणिज्यदूतावास हङकङले आवश्यक सम्पूर्ण तयारी (ट्रान्जिट भिसा, १४ दिने अनिवार्य क्वारिण्टिन छुट लगायतका अन्य कार्य) सम्पूर्ण प्रक्रिया पुरा गरी आफ्नो नागरिकका लागि स्वदेश जान महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

मकाउबाट नेपाल फर्कने नेपालीहरु आफ्नो स्वास्थ्यका कारणले राजीनामा दिएका, भिजा नवीकरण नभएका र विभिन्न समस्याका कारणले आज हङकङ हुदै नेपाल फर्केका हुन् । नेपाली महावाणिज्यदूतावास हङकङले नेपाल फर्दै गरेका नेपालीहरुमा सधाझै सभ्य तथा मर्यादित व्यवहार प्रदर्शन गरिदिनुहुन महावाणिज्यदूतावास हङकङले सम्बन्धित सबैमा अनुरोध समेत गरेको थियो ।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...