News Portal

अनिल कोयी राई र सुनीता थेगेमको “भैयोनी पुरानो…” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
११७१ पटक

काठमाण्डौ – गायक तथा चर्चित युवा संगीतकार अनिल कोयी राईको पृथक नया लोकभाका चर्चित गायिका सुनीता थेगेम संगको युगल आवाजमा रहेको “भैयोनी पुरानो…!” म्युजिक भिडियो तक्मेबुडा डटकम युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

कोरोना भाईरसको विषम परिस्थितिमा पनि नेपाली सांगीतिक आकाशमा एकपछि अर्को नया प्रतिभा उदीयमान भैइररेका छन्। जसको उदाहरण अनिल कोयी राई हुन् । सार्वजनिक म्युजिक भिडियोका संगीतकार अनिल कोयी राईले नै यस गीतका रचना समेत गरेका हुन्। 

संगीतकार तथा यस गीतका गीतकार अनिल कोयी राईले हिमाली संचारसंगको कुराकानीमा सार्वजनिक गीत दर्शक श्रोतावीच राख्न सफल भएकोमा सम्पूर्ण कलाकार लगायदका टिम भित्रका मेहनतले छोटो समयमा सार्वजनिक गर्न सकिएको बताउदै, गायक राईका अनुसार विशेष तक्मेबुढा विलसन विक्रम राईको सहयोगले यो कर्म गर्न सफल भएको बताए।

सार्वजनिक गीत स्टुडियो किङमा रेकर्ड गरिएको गीत राजु कार्कीले एरेन्जर र मिक्सिंग गरेका हुन्। म्युजिक भिडियोका मुख्य कलाकारहरु कविता आले,विलसन विक्रम राई, एलिशा राई, विशाल योङहाङ र हरी अधिकारी रहेका म्युजिक भिडियोका ड्रेस डिजाइनर कल्पना योङहाङले गरेका छन् भने कोरियोग्राफर सुरेन्द्र बसेल, छायांकन नवराज उप्रेदी, इडिट र कलर मनोज कार्की र निर्देशक विलसन विक्रम राईले गरेका हुन्। 

म्युजिक भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...