News Portal

साइक्लिङ च्यालेञ्जको उपाधी सञ्जयले हात पारे

हिमालीसंचार संवाददाता
४७९ पटक

विनोद परियार/रुपन्देही – बुटवलमा भएको पहिलो क्रस कन्ट्रि रेस फेस्टिबल साईक्लिङ च्यालेन्ज-२०२० को उपाधि बुटवलका सञ्जय परियारले हात पारेका छन्। ह्याप्पी साईक्लिङ क्लबको आयोजनामा भएको प्रतियोगितामा २६ जनालाई पछि पार्दै परियारले उपाधि हात पारेका हुन।

उनले २०.१९ मिनेटमा रेस पूरा गर्दै उपाधि चुमेका हुन। उपाधिसंगै उनले नगद ५ हजार ५ सय ५५ रुपैया प्राप्त गरे। बुटवलका समिर रायनले २१.३४ मिनेटमा दूरी पार गर्दै दोस्रो स्थान हाँसिल गरे। उनले नगद ३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरे। दुबै जना बुटवल साईक्लिङ ग्रुपमा आवद्ध छन।

यसैगरि बुटवलकै सृजन श्रेष्ठले २५.३३ मिनेटमा दुरि पार गर्दै तेस्रो स्थान हासिल गरेका छन। उनले नगद १ हजार १ सय ११ रुपैया प्राप्त गरेका छन। कोरोना महामारीका बेलामा साईक्लिङले शारीरिक तदुरुस्ती कायम गर्न मदत पुर्याउने भएकाले पछिल्लो समय साईकलप्रति मोह जागेको छ।

साइक्लिङको मोहसँगै यसको प्रवद्र्धन गर्ने उदेश्यले क्रस कन्ट्री रेस फेस्टिबल गरिएको हो। भिक्टर फुड र लेभिस लन्च एण्ड बार तथा एफोर्डेबल क्लोथिङ स्टोरको मुख्य प्रायोजन भएको प्रतियोगिताको बुटवल खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले स्वस्थ्य रहन साईक्लिङ महत्वपुर्ण हुने बताए।

रुपन्देही जिल्ला साईक्लिङ संघका अध्यक्ष पुकार थापा, क्लबका अध्यक्ष सुमन श्रेष्ठ, कार्यक्रम संयोजक किरण श्रेष्ठ, बुटवल युनाईटेडका अध्यक्ष उत्तम श्रेष्ठ, तिनाउका अर्जुन गुरुङले पुरस्कार बितरण गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...