News Portal

क्यान्सर पीडित विष्णु रानाको उपचारका लागि सहयोगको अपील

हिमालीसंचार संवाददाता
७८८ पटक

इन्द्र बुढाथोकी/सल्यान – खुट्टाको क्यान्सरबाट पीडित सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ३ कारागाउँका १२ वर्षीय विष्णु रानाको उपचारका लागि आर्थिक सहयोग गरिदिन उनको परिवारले अपील गरेको छ। आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै रानाको परिवारले सहयोगको अनुरोघ गरेको हो।

राना आर्थिक अभावकै कारण ४ महिना देखि घरको ओछ्यानमै थलापरेका छन्। परिवारको आर्थिक अवस्था कमजोर हुँदा छोराको उपचार गराउन नसकिएको पीडित रानाकी आमा पिमली रानाले बताइन्। उनले छोराको उपचारका लागि सबैले सक्दो सहयोग गरिदिन अनुरोध समेत गरिन्।

सुर्खेतको मेहलकुना अस्पतालमा चेकजाँच गराउँदा क्यान्सर भएको थाहा भएन औषधी गरेर फर्कियौँ ‘ उनले भनिन्- ‘औषधि खाएको दुई दिनदेखि नै बायाँ घुडा सुन्निएपछि विभिन्न अस्पतालमा उपचार चेकजाँच गर्दा हड्डीको क्यान्सर भएको थाहा भयो।

दैनिक ज्याला मजदुरी गरी जीविको पार्जन गर्दै आएको भन्दै उपचारका लागि आवश्यक रकम नहुँदा घरमै राख्नुको विकल्प नभएको उनले बताईन्। छोराको उपचारका लागि अहिलेसम्म ४ लाख रुपैयाँ खर्च भइसकेको बुबा आइते रानाले बताए। उनले छोराको अवस्थाका बारेमा बुझ्न चाहनेले मोबाइल नम्बर ९८४२००१४५७ मा सम्पर्क गर्न सक्ने बताए।

साथै, सहयोग गर्न चाहानेले इन्द्र बहादुर बुढाथोकीको सल्यानको सल्लीबजारमा रहेको लक्ष्मी बैंक शाखाको खाता नम्बर ०६९२०००३३६७ मा रकम जम्मा गर्न सकिने बताईएको छ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...