News Portal

क्यान्सर पीडित विष्णु रानाको उपचारका लागि सहयोगको अपील

हिमालीसंचार संवाददाता
६९४ पटक

इन्द्र बुढाथोकी/सल्यान – खुट्टाको क्यान्सरबाट पीडित सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ३ कारागाउँका १२ वर्षीय विष्णु रानाको उपचारका लागि आर्थिक सहयोग गरिदिन उनको परिवारले अपील गरेको छ। आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै रानाको परिवारले सहयोगको अनुरोघ गरेको हो।

राना आर्थिक अभावकै कारण ४ महिना देखि घरको ओछ्यानमै थलापरेका छन्। परिवारको आर्थिक अवस्था कमजोर हुँदा छोराको उपचार गराउन नसकिएको पीडित रानाकी आमा पिमली रानाले बताइन्। उनले छोराको उपचारका लागि सबैले सक्दो सहयोग गरिदिन अनुरोध समेत गरिन्।

सुर्खेतको मेहलकुना अस्पतालमा चेकजाँच गराउँदा क्यान्सर भएको थाहा भएन औषधी गरेर फर्कियौँ ‘ उनले भनिन्- ‘औषधि खाएको दुई दिनदेखि नै बायाँ घुडा सुन्निएपछि विभिन्न अस्पतालमा उपचार चेकजाँच गर्दा हड्डीको क्यान्सर भएको थाहा भयो।

दैनिक ज्याला मजदुरी गरी जीविको पार्जन गर्दै आएको भन्दै उपचारका लागि आवश्यक रकम नहुँदा घरमै राख्नुको विकल्प नभएको उनले बताईन्। छोराको उपचारका लागि अहिलेसम्म ४ लाख रुपैयाँ खर्च भइसकेको बुबा आइते रानाले बताए। उनले छोराको अवस्थाका बारेमा बुझ्न चाहनेले मोबाइल नम्बर ९८४२००१४५७ मा सम्पर्क गर्न सक्ने बताए।

साथै, सहयोग गर्न चाहानेले इन्द्र बहादुर बुढाथोकीको सल्यानको सल्लीबजारमा रहेको लक्ष्मी बैंक शाखाको खाता नम्बर ०६९२०००३३६७ मा रकम जम्मा गर्न सकिने बताईएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...