News Portal

छानविन गर्न गएको अख्तियार टोली टिकटकमा ‘वेस्त’

हिमालीसंचार संवाददाता
१०७९ पटक

सुर्खेत – अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोली केही दिन अघिदेखि डोल्पा र मुगुका विभिन्न स्थानमा पुगेको छ। अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा आयोगमा परेको उजुरीको छानविन गर्न टोली त्यसतर्फ पुगेको हो।

उजुरीका विषयमा छानविन गर्न पुगेको टोली त्यहाँको पर्यटकीय स्थलमा पुगी टिकटक बनाउन र फेसबुकमा फोटो पोष्ट्याउन वेस्त देखिएका छन्। आफु जानुपर्ने स्थानविन्दु पहिले नै फेसबुकमा सार्वजनिक गर्ने, उच्छृंखल गतिविधीसहितका टिकटक भिडियो अपलोड गर्नेलगायतका क्रियाकलाप उक्त टोलीले गरिरहेको छ। जसको कारण टोलीले अनुसन्धानतर्फ ध्यानकेन्द्रित नगरी पर्यटकीय मनोरञ्जन लिइरहेको स्पष्ट छ।

उजुरीको छानविन गर्न पुगेको टोली त्यसतर्फ पुग्नुपूर्व सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने र त्यस किसिमका गतिविधि गरेको पाइएपछि उनिहरुले गरेको अनुसन्धानमाथी नै आशंका सिर्जना भएको छ। जसको कारण उजुरीसँग सम्बन्धित प्रमाण लुक्न सक्ने खतरा समेत देखिएका छन्।

मुगुको रारा छायाँनाथ नगरपालिका, सोरु गाउँपालिका र डोल्पाका ठूलीभेरी नगरपालिकाका उजुरीसँग सम्बन्धित गतिविधिको अनुसन्धान गर्न टोली त्यसतर्फ पुगेको आयोगका निमित्त प्रमुख देवकुमार राईले जानकारी दिए।

उनका अनुसार आयोगका सूचना अधिकारी मेघनाथ सापकोटाको नेतृत्वमा १० जनाको टोली मुगु गएको हो भने, आयोगका डिएसपी सरोज पौडेलको नेतृत्वमा पाँच जनाको टोली डोल्पा पुगेको हो।

यी दुईवटै टोली हाल डोल्पा हुँदै मुगु पुगेका छन्। टोली जानुपूर्व नै सम्बन्धित कार्यालयलाई जानकारी गराई अनुसन्धान टोली गएकोले यस्ता गतिविधिले छानविनमा प्रभाव नपर्ने राईको भनाई छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...