News Portal

जुगलका पहिरोपीडितलाई थप सहयोग बितरण

हिमालीसंचार संवाददाता
४५७ पटक

दुर्गा श्रेष्ठ/सिन्धुपाल्चोक – गत साउन ३० गते विहान जुगल गाउँपालिकाको वडा नम्बर २ लिदीमा गएको भीषण पहिरोमा परि ३७ घरसँगै पुरिएर ३९ जना बेपत्ता भएका मध्ये ३७ जनाको शव फेला परेको छ भने, २ जना अझै बेपत्ता छन्। भौगोलिक विकटताका कारण वर्षेनि जनताले एक पछि अर्को प्रकृतिक विपत्ति बेहोर्नु परिरहेको आवस्थामा जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङको सक्रियतामा निरन्तर राहतको प्याकेज लिई पहिरोपीडितसंग दुखमा सारथी बन्दै पीडितहरुलाई राहत वितरण गरिएको छ।

जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङ्गको पहलमा लाईन्स क्लव अन्तर्राष्ट्रिय जिल्ला ३२५ बि १ नेपाल अन्तरगत रहेको लायन्स क्लब अफ काठमाडौं ट्रि-सिटी तथा लायन्स क्लब अफ काठमाडौं टसाकुराले आयोजना तथा लायन्स क्लब अफ काठमाडौं टेम्पल गणेश तथा रिट्रनी माइग्रान्ट नेपालको सहयोगमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका स्थित लिदीमा गएको पहिरोमा परि घरबार तथा धनजन गुमेका पीडित परिवारलाई ओढ्ने सिरक तथा पछौरालगायतका सामग्री हस्तान्तरण गरेकाे छ।

हामी सेवा गर्छौ भन्ने मूल नारालाई आत्मसाथ गर्दै हिजो (बिहीबार) ८ अक्टोबर २०२० का दिन “जहाँ आवश्यकता त्यहाँ लायन्स”को मुल नारा अनुसार जनप्रतिनिधि तथा सुरक्षाकर्मीको रोहबरमा साथै घरेलु तथा साना उधोग चौताराका प्रमुखको रामशरण गौतमको सहयोग तथा रिट्रनी माइग्रान्ट नेपालको कोषाध्य्क्ष अजिता ठकुरीको बिशेष समन्वयमा रु ५०(पचास) हजार बराबरको ५० थान सिरक तथा ३५ थान पछौरा पीडित परिवारलाई वितरण गरिएकाे लायन क्लब ट्री-सिटिकि अध्यक्ष लायन संगिता थापाले जानकारी दिइन्।

कार्यक्रममा प्रमुख अतिथीका रूपमा लायन्स डिष्ट्रिक ३ सय २५ बि १ नेपालका क्याविनेट सेक्रेटरी सूर्य केसी तथा अतिथीका रूपमा वरिष्ठ सल्लाहकार गौतम नेपाल, सल्लाहकार सरोज बिष्ट तथा जोन चियरपर्सन मनु कार्की रहेका थिए।

प्रतिकृया दिनुहोस्

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...