News Portal

जुगलका पहिरोपीडितलाई थप सहयोग बितरण

हिमालीसंचार संवाददाता
५७१ पटक

दुर्गा श्रेष्ठ/सिन्धुपाल्चोक – गत साउन ३० गते विहान जुगल गाउँपालिकाको वडा नम्बर २ लिदीमा गएको भीषण पहिरोमा परि ३७ घरसँगै पुरिएर ३९ जना बेपत्ता भएका मध्ये ३७ जनाको शव फेला परेको छ भने, २ जना अझै बेपत्ता छन्। भौगोलिक विकटताका कारण वर्षेनि जनताले एक पछि अर्को प्रकृतिक विपत्ति बेहोर्नु परिरहेको आवस्थामा जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङको सक्रियतामा निरन्तर राहतको प्याकेज लिई पहिरोपीडितसंग दुखमा सारथी बन्दै पीडितहरुलाई राहत वितरण गरिएको छ।

जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङ्गको पहलमा लाईन्स क्लव अन्तर्राष्ट्रिय जिल्ला ३२५ बि १ नेपाल अन्तरगत रहेको लायन्स क्लब अफ काठमाडौं ट्रि-सिटी तथा लायन्स क्लब अफ काठमाडौं टसाकुराले आयोजना तथा लायन्स क्लब अफ काठमाडौं टेम्पल गणेश तथा रिट्रनी माइग्रान्ट नेपालको सहयोगमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका स्थित लिदीमा गएको पहिरोमा परि घरबार तथा धनजन गुमेका पीडित परिवारलाई ओढ्ने सिरक तथा पछौरालगायतका सामग्री हस्तान्तरण गरेकाे छ।

हामी सेवा गर्छौ भन्ने मूल नारालाई आत्मसाथ गर्दै हिजो (बिहीबार) ८ अक्टोबर २०२० का दिन “जहाँ आवश्यकता त्यहाँ लायन्स”को मुल नारा अनुसार जनप्रतिनिधि तथा सुरक्षाकर्मीको रोहबरमा साथै घरेलु तथा साना उधोग चौताराका प्रमुखको रामशरण गौतमको सहयोग तथा रिट्रनी माइग्रान्ट नेपालको कोषाध्य्क्ष अजिता ठकुरीको बिशेष समन्वयमा रु ५०(पचास) हजार बराबरको ५० थान सिरक तथा ३५ थान पछौरा पीडित परिवारलाई वितरण गरिएकाे लायन क्लब ट्री-सिटिकि अध्यक्ष लायन संगिता थापाले जानकारी दिइन्।

कार्यक्रममा प्रमुख अतिथीका रूपमा लायन्स डिष्ट्रिक ३ सय २५ बि १ नेपालका क्याविनेट सेक्रेटरी सूर्य केसी तथा अतिथीका रूपमा वरिष्ठ सल्लाहकार गौतम नेपाल, सल्लाहकार सरोज बिष्ट तथा जोन चियरपर्सन मनु कार्की रहेका थिए।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...