News Portal

सुचना प्रकाशित नहुँदै कर्मचारी भागबण्डा भएको पत्र सार्वजनिक भएपछि…

हिमालीसंचार संवाददाता
८८१ पटक

गोविन्द केसी,यामराज विष्ट/दैलेख – भैरवी गाउँपालिकामा कर्मचारी आवश्यकता सम्वन्धी सुचना प्रकाशन गर्नुपूव नै जनप्रतिनिधि र पार्टीका नेताहरुविच कर्मचारी भागबण्डा गरेको खुलेको छ। गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाको अगुवाईमा केही जनप्रतिनिधि, नेकपा, काँग्रेसका नेताविच कर्मचारी भागबण्डा भएको पत्र खुलासा भएको हो।

पछि विवाद नहुने गरि सर्वपक्षिय रुपमा कर्मचारी छनौट गरि करारमा भर्ना गर्ने सुचना प्रकाशित गर्ने सहमति भएको पत्र खुलेको हो। असोज ९ गते भएको सर्वपक्षिय बैठकमा करार सेवाका कर्मचारी सम्वन्धी सहमतिमा नरेश विक, प्रेमप्रकाश खत्री, एक शाही, अनिल विक, कार्यालय सहयोगी रमेश रिजाल, कम्यूटर वडा नम्वर ६ नाम खुलाईएको छैन् तर, चयन भईरहेको छ।

त्यस्तै ल्यावमा खेमराज थापा, महिला विकास कर्मचारी दुई जनाको नाम सार्वजनिक गरिएको छैन् तर, सहमति भईरहेको छ (विवाद हुन्छ भनेर नाम गोप्य राखीएको श्रोतले जानकारी दिएको छ।

राजेश रिजाल, हेमलाल रिजाल, तेजबहादुर थापा, प्रवीण शाही, कम्प्यूटर अप्रेटर (नाम सार्वजनिक गरिएको छैन् तर, सहमतीमा कर्मचारी छनौट भईरहेको छ) अर्को गाउँपालिका वडा नम्वर ७ को कम्प्यूटर अप्रेटर नाम खुलाईएको छैन्।, खानेपानी टेक्निसियन सहमति पत्रमा नाम खुलाईएको छैन्।

अनमी एक जना र नरेन्द्र थापा, सुनिल शाहीको नाम कर्मचारी छनौट गर्ने गरि १९ जना कर्मचारी नामावली रहेको सहमति पत्रमा उल्लेख गरेका छन्।

त्यस्तै सहमति पत्रमा भैरवी गाउँपालिका-७ पानी पोखरा आधारभुत स्वास्थ्य सेवा केन्द्रमा १ जना स्वास्थ्यकर्मी (चौथो तह) र १ कार्यालय सहयोगी, ७ नम्वर वडा कार्यालयले आर्थिक भार उठाउने गरि नियूक्त गर्ने गरि गाउँपालिकाले ल्याएमा अनुमोदन गर्ने गरि सहमति गरेको सहमति पत्रमा उल्लेख छ।

गाउँपालिकाका सिमिति ब्यक्तिहरुवीच गोप्य कर्मचारी छनौट गर्ने भएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले स्विकार गरे। सहमति गरेर पछि कार्यपालिकामा लग्ने त्यहाँबाट अनुमोदन भए विज्ञापन गर्ने योजना रहेको थियो। अध्यक्ष बुढाले भने, कसले हो गोप्य सहमति फोटो खिचेर बाहिर ल्याउनु दुखद कुरा भयो।

 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...