News Portal

डा.गोविन्द केसीसँगको वार्ता असफल भएकोमा सरकारले नै लगायो यस्तो आरोप

६९८ पटक

काठमाडौं – सरकारले डा. गोविन्द केसीसँगको वार्ता सहमति नजिक पुगेर पनि केही नेताहरुका कारण भाँडिएको आरोप लगाएको छ ।

सरकारी र डा.केसीको वार्ता टोलीबीच मंगलबार र बुधबार औपचारिक वार्ता भएपनि सहमतिमा पुग्न सकेन । सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले केदारभक्त माथेमालगायतलाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल पनि गराएका थिए ।

तर, बुधबार साँझ वार्ता सरकार र केसी पक्षबीचको वार्ता असफल भयो । डा. केसीको टोलीले सरकार जिम्मेवार ढंगले प्रस्तुत नभएको र चिकित्सा शिक्षा विधेयकमा संशोधनका लागि दिएको २२ बुँदामा छलफल गर्न तयार नहुँदा वार्ता असफल भएको बताएको छ ।

सरकारले भने राजनीति भएको आरोप लगाएको छ । डा.केसीको सातबुँदे मागमा लगभग सहमति भइसकेको अवस्थामा केही नेताहरुले वार्ता भाँडेको सरकारको आरोप छ ।

वार्तामा विवेकशील साझाका २ नेता आएर सहमति नजिक पुगेको वार्ता उल्टाएको सरकारनिकट स्रोतको भनाई छ ।

डा. केसीको तर्फबाट वार्तामा अभिषेकराज सिंह, जीवन क्षेत्री, डा.सुरेन्द्र भण्डारी र ओमप्रकाश अर्याल सहभागी थिए । सरकारले भण्डारी र अर्यालतिर संकेत गरेर विवेकशील साझाका मान्छे भएको बताएको हो ।

लचकता देखाउँदा देखाउँदै वार्ता टोलीले बुधबार एकाएक आफूहरुले दिएको सुझावलाई समेटेर मन्त्रिपरिषद्ले विधेयक संसदमा लैजानुपर्ने अडान राखेको सरकारको दाबी छ ।

प्रतिकृया दिनुहोस्

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...