News Portal

बाँकेकि क्यान्सर पीडित सीमा मगरको उपचारमा समस्या, सहयोगको अपील !

हिमालीसंचार संवाददाता
११६४ पटक

बिजय मल्ल/नेपालगन्ज – बाँकेको कोहलपुर नगरपालिका-१ कौशिलानगरकी क्यान्सर पीडित सीमा सिरिस मगरलाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ। ४ वर्षअघि शल्यक्रिया गरि फालेको पाठेघरमा मासु पलाएपछि पुनः शल्यक्रिया गर्नुपर्ने देखिएपछि यतिबेला सीमालाई आर्थिक समस्या परेको हो।

भरतपुर क्यान्सर अस्पतालमा उपचाररत सीमा आर्थिक अभावका कारण जिवन र मरणको दोसाँधमा पुगेकीछन्। पाठेघर क्यान्सर भएको थाहा पाएपछि उपचारका लागि सीमाको परिवारले घरजमिन बेचेर १८ लाख खर्च गर्यो तर, केही समयपछि शल्यक्रिया गरेको ठाउँमा मासु पलाएपछि आफन्त र साहुमहाजनबाट ऋण गरेर करिब १५ लाख खर्च भइसकेकोछ।

सिरिसलाई एकपटक किमो दिंदा २५ हजार रुपैयाँ खर्च लाग्ने भएपनि स्वास्थ्य बीमा गराएका कारण एकपटक किमो दिंदा १५ हजार पर्ने गरेको सीमाका छोरा प्रेम सिरिस मगर बताउँछन्।

उनका अनुसार थप ४ पटकसम्म किमो दिनुपर्ने चिकित्सकहरुले बताएका छन् तर, क्यान्सर पीडित आमाको उपचारमा लाखौं खर्च भएपछि यतिबेला आर्थिक अभावका कारण आमाको उपचार गराउन समस्या परेको उनले बताए।

घरखेत बेचेर र आफन्तको सहयोगमा यसअघि ६ पटकसम्म किमो दिइसकेको सीमाको उपचार गराउँदा अहिलेसम्म ३३ लाख रुपैयाँ सकिएको र डाक्टरहरुले उपचार गराइरहे निको हुने बताएको उनका छोरा प्रेमले बताए।

कोरोना भाइरस संक्रमण महामारिका बेला बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट सीमालाई ६ पटक किमो दिइसकेकोछ। रुटिङ्ग चेकअपका लागि भदौ १४ गते भरतपुर पुगेका सीमालाई चिकित्सकले थप किमो दिइ शल्यक्रिया गरि फालेको पाठेघरमा पलाएको मासु फाल्न पुनः शल्यक्रिया गर्नुपर्ने र शल्यक्रिया पश्चात आमा निको हुने बताएको छोरा प्रेमले जानकारी दिए।

आमाको उपचारका लागि आर्थिक सहयोग याचाना गर्दै उनले भने –‘बाँकी रहेको किमो र शल्यक्रियाका लागि आर्थिक समस्या परेकोछ, आमाको उपचारका लागि घरबार बिहीन भएका छौ। ‘थोरैथोरै भए पनि सबैले सहयोग गरे आमाको उपचार हुनेथियो र आमा बाँच्नुहुन्छ। आर्थिक अभावकै कारण आमाको शल्यक्रिया हुन सकेको छैन।

उपचार गराउने ईच्छा हुँदा हुँदै पनि मृत्युको मुखमा गएकी आमालाई हेरेर बस्नुको विकल्प छैन। परिवारको आर्थिक अवस्था कमजोर भएकाले थप उपचारका निम्ति समस्या भोगिरहेको सिरिस परिवारलाई कौशिलानगरकै एभरेष्ट युथ क्लबले यसअघि ३५ हजार र केही रासन सहयोग गरेको थियो।

आर्थिक अवस्था कमजोर भएकाले आमाको उपचारका लागि सहयोग गरिदिन उनका छोरा प्रेमले अपील गरेका छन्। उनको उपचारमा आर्थिक सहयोग गर्न चाहनेले सीमा सिरिसको नाममा मुक्तिनाथ विकास बैंक कोहलपुर शाखाको खाता नम्बर १२०२१६००५५७६३१०००००१ मा रकम पठाउन सक्नेछन्। वा, छोरा प्रेमको मोबाइल नम्बर +९७७९८२२४०७८९४ मा सम्पर्क गर्न सकिनेछ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...