News Portal

बासु रोटरी भोकेशनल सुशासन अवार्डद्वारा शिवाकोटीसहित १४ जना पुरस्कृत

हिमालीसंचार संवाददाता
७२५ पटक

काठमाडौं – रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले बासु रोटरी भोकेशनल सुशासन अवार्ड रोटरी वर्ष २०१९–२० बाट हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई पुरस्कृत गर्ने भएको छ। सुशासनका क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थालाई दिइने १० लाख राशीको अवार्ड यस बर्ष खोजी पत्रकारितामा संलग्न पत्रकारहरुलाई दिने निर्णय भएअनुसार शिवाकोटीसहित आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाललाई प्रदान गरिने भएको रोटरीले जनाएको हो।

स्वतन्त्र पत्रकारिताको माध्यमबाट खोजमूलक, अनुसन्धानात्मक सूचना, समाचार प्रकाशित तथा प्रसारण गरी देश र जनतालाई सुसूचित बनाउनुका साथै सुशासन स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकारहरुलाई प्रोत्साहन गर्दै यस बर्षको अवार्ड प्रदान गरिने रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ डिष्ट्रिक्ट गभर्नर २०१९–२० किरण लाल श्रेष्ठले जानकारी दिए।

यसै बर्षदेखि प्रदान गर्न शुरु गरिएको बासु रोटरी भोकेशनल सुशासन अवार्ड प्रत्येक दुई दुई बर्षमा प्रदान गरिने श्रेष्ठले जानकारी दिए। अवार्ड इञ्जिनियर रोटेरियन सुरेन्द्र गोविन्द जोशीले आफ्नो र आफ्नो श्रीमती बद्रीलक्ष्मी जोशीको नाममा स्थापना गरेका हुन्।

ई.जोशी रोटरी क्लब अफ यल (पाटन ललितपुर) का संस्थापक सदस्य तथा पूर्व अध्यक्ष हुन्। रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले प्रदान गदै आएको ‘रोटरी जर्नो अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२० का लागि प्रत्येक प्रदेशबाट एक एक जना गरी ७ जना उत्कृष्ट पत्रकारहरुलाई पुरस्कृत गर्ने भएको छ।

यसरी पुरस्कृत हुनेहरुमा विनु तिमल्सिना (नेपाल टेलिभिजन) मोरङ, श्याम बन्जारा (आवाज एफएम र जनभण्डाफोर दैनिक) पर्सा, कमला हमाल (जनता टिभी) काठमाडौ, दीपेन्द्र श्रेष्ठ (अन्नपूर्ण एफएम) कास्की, लक्ष्मी आचार्य (नयाँ युगवोध दैनिक र समरेखा मासिक) दाङ, भीमबहादुर सिंह (कान्तिपुर दैनिक) जाजरकोट र उन्नति चौधरी कैलाली छन्।

त्यसैगरी विभिन्न ५ विधामा निरन्तर कलम चलाउने ५ जना पत्रकारहरुलाई ‘रोटरी जर्नो अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२० बाट पुरस्कृत गरिएको छ।

यस अवार्डबाट पुरस्कृत हुनेहरुमा आर्थिक पत्रकारिता क्षेत्रबाट पुष्पराज आचार्य (स्वतन्त्र पत्रकार) काठमाडौ, वातावरण पत्रकारिता क्षेत्रवाट टिका वन्धन (अन्नपूर्ण पोष्ट दैनिक) काठमाडौं, शिक्षा पत्रकारितातर्फ दिपेन्द्र प्रसाद सिंह (न्यूज कारोवार डट कम र आजको शिक्षा) धनुषा, स्वास्थ्य क्षेत्रवाट सम्झना महर्जन (रेडियो सगरमाथा), काठमाडौं र महिला संचारकर्मीतर्फ विनिता रिजाल (नेपाल टेलिभिजन) काठमाडौं रहेका छन्। उक्त पुरस्कारको राशी जनही रु २५ हजार रहेको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...