News Portal

हुम्लाका सहायक प्रजिअ हमाललाई सोध्यो गृहले स्पष्टीकरण

हिमालीसंचार संवाददाता
४९५ पटक

हुम्ला – चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने विषयमा गृहमन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई स्पष्टीकरण सोधेको छ। चिनियाँ पक्षले भवन निर्माण गरेको सूचना सञ्चार माध्यममा दिएको भन्दै बुधबार २४ घण्टे स्पष्टीकरण सोधेको अनलाइनखबरमा यज्ञ खत्रीले समाचार लेखेका छन।

गृह स्रोतका अनुसार प्रशासन शाखाले ‘नेपाल-चीन सीमा जस्तो संवेदनशील विषयमा तालुक निकायलाई जानकारी नदिइ के कति कारणले सञ्चार माध्यममा अभिव्यक्ति दिनु भएको हो सो सम्बन्धमा २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्नुहुन आदेश अनुसार अनुरोध छ’ भन्ने पत्र पठाएको हो।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले पत्रबारे आफूलाई जानकारी नभएको तर दुई देशबीचको सिमानाको विषयमा सहायक प्रमुख जिल्ला अधिकारीले त्यसरी बोल्न नमिल्ने बताए।

दुई साताअघि सहायक प्रजिअ हमाल नेतृत्वको टोली नेपाल-चीन सिमाना नाम्खा गाउँपालिका-६, लाप्चाक्षेत्र (लोलुङजोङ)मा पुगेर स्थलगत अध्यन गरेको थियो। सहायक प्रजिअ हमालले जनप्रतिनिधिहरु र स्थानीय बासिन्दाको भनाइलाई आधारमा चीनले नेपाली भूमिमा भवन बनाएको हुन सक्ने आशयको प्रतिवेदन जिल्लामा पेश गरेका थिए।

उक्त प्रतिवेदन गृह मन्त्रालयमा पनि पठाइएको थियो। सोही प्रतिवेदनको आधारमा हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीसहितको टोली सीमा अनुगमन र हराएको भनिएको सिमास्तम्भ खोज्न नाकामा गएको छ।

हमालले दिएको सूचनाका आधारमा विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशन-प्रशारण गरेपछि काठमाडौँमा चीनबिरुद्ध प्रदर्शन समेत भएको थियो। यस्ले गर्दा दुई देशबीचको सम्बन्धमा विवाद ल्याएको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो।

असोज ३ गते शनिबार सीमातर्फ गएको अनुगमन टोली अझै सदरमुकाम फर्किएको छैन तर, घटनास्थलको बास्तविकता बाहिर नआउँदै मन्त्रालयले हमाललाई २४ घण्टाभित्र स्पष्टीकरण सोधेको हो।

सरकारका प्रवक्ता समेत रहेका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बुधबारको नियमित पत्रकार सम्मेलनमा हुम्लामा चीनले सीमा अतिक्रमण नभएको बताएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...