News Portal

मुटुमा प्वाल परेको ६वर्षीय बालिकाकाे उपचार रंगेली नगरपालिकाले गर्ने

हिमालीसंचार संवाददाता
४२६ पटक

रबिन्द्र बराल -माेरङकाे रंगेली नगरपालिका १ स्थित जमुवा टाेलमा वसाेबास गर्दै आएका लाल किस्कु की ६ बर्षिय छाेरी सभ्यता किस्कुकाे मुटुमा प्वाल परेपछि आर्थिक अभाबका कारण उपचार हुन सकेको छैन।

साता दिन अगाडि समाचार सम्प्रेशन भएपछि बुधबार रंगेलीका मेयर दिलिप बगडिया, अस्पतालका मेशु डाक्टर राेहिन्द्र पाण्डे, वडा अध्यक्ष महेश खनाल रामचन्द्र मंण्डल र एभिन्युज टेलिभिजनका माेरङ समम्दाता रबिन्द्र बराल बिरामीको घरमा पुगेर बिरामी तथा उनका परिवारलाई भेटेका थिए।

रंगेली का मेयरले भने बालिकाकाे सम्पुर्ण उपचार नगरपालिकाले गर्ने जनाएका छन।अब काठमाडौ पठाउन का लागि तिनै जनाकाे स्वाव परिक्षण गरेर रंगेली नगरपालिकामा रहेको एम्बुलेन्स मा उपचारका लागि काठमाडौ लैजाने उनलेे बताए।१ बर्ष अगाडि देखि श्वासप्रश्वासमा समस्या भएता पनि आर्थिक अभावले गर्दा उनकाे उपचार हुन सकेकाे थिएन।
बुबालालले छाेरी काे श्वासप्रश्वासमा दिन प्रतिदिन समस्याा बढदै गएपछि साउन १३ गते पहिलोपटक उनले बिराटनगर स्थित रिलायवल पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रा. लिमिटेडमा रहेका वरिष्ठ नवाजात तथा बालरोग एवं बाल मुटु रोग विशेषज्ञ डा. मनोज कुमार श्रीवास्तव संग छाेेरी सभ्यताकाे उपचार गराएका थिए।

डाक्टरकाे सल्लाह अनुसार बुुुबा लाल किस्कुले छाेरीकाे मुटुकाे एक्सरे गरपछि डाक्टर श्रीवास्तवले रिपोर्ट अनुसार बच्चाको मुटुमा प्वाल भएको र चाँडो भन्दा चाँडो भन्दा काठमाडौ लैजान सल्लाह दिएका थिए।

तर आर्थिक अभाव का कारण छाेरी सभ्यता काे उपचारका लागि काठमाडौ लैजान सकेका थिएन । एभिन्युज टेलिभिजनकाे पहलमा सभ्यताको उपचारमा रंगेली मेयर बगडियाले उपचार गर्ने भएपछि उनको बुबा लाल किस्कु खुशी भएका छन।
डेड कठ्ठा जग्गामा सानाेे घर बनाएर बसाेवास गर्देे आएका लाल किस्कुुले दैनिकी ज्यालादारी गरेर पालनपोषण गरिरहेता पनि अहिले छाेरीकाे मुटुको सल्यक्रिया गर्नेका लागि आर्थिक अभावका कारण छाेरी घरमै राख्न बाध्य रहेका थिए।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...