News Portal

बालिका खड्काले मुख्यमन्त्री राईसंग लिखित माफी मागिन्

हिमालीसंचार संवाददाता
४८३ पटक

काठमाण्डौ – प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईको बिषयमा दुरुत्साहन झुटो आरोप लगाएको स्वीकार गर्दै बालिका खड्काले नेपाल कम्युनिष्ट पार्टी नेकपा कार्यालयमा पुगेर लिखित माफी मागेकी छन् ।

बालिका खड्काले नेकपा कार्यालय धुम्बाराही नै पुगेर दुबै अध्यक्ष, महासचिव लगायतलाई सम्बोधन गर्दै लेखिएको माफी पत्र पार्टीमा दर्ता गराएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिएका छन् ।

बालिका खड्काले “पछिल्लो समयमा मैले अरुको दुरुत्साहनमा परी तत्कालिन सञ्चारमन्त्री तथा हाल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई मैले गलत आरोप र लान्छना लगाउन पुगेँ । मैले केही सार्वजनिक सञ्चार माध्यमहरुमा दाबी गरे जस्तो उहाँसंग कुनैपनि सम्बन्ध र सम्पर्क नरहेको स्पष्ट पार्न चाहन्छु” पार्टीमा बुझाईएको पत्रमा लेखिएको छ ।

“अरुको दुरुत्साहनमा पर्नाले मबाट कमरेड शेरधन राई प्रति भएको अन्याय र पीडा प्रति पुन क्षमायाचना माग्दै मेरो कारणले शेरधन राई लगायत अन्य ब्यक्ति, समुह, पार्टी वा अन्य निकायमा पर्न गएको भ्रम तथा नकारात्मक प्रभाव र असर प्रति सार्वजनिक रुपमै माफी माग्दछु ।” खड्काले केही दिन अघि मात्र मुद्धा फिर्ता लिएकी थिइन्। 

प्रतिकृया दिनुहोस्

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...