News Portal

प्रदेश सांसद निमा लामाको पहलमा हेलम्बु बोल्देका विस्थापित परिवारलाई खाद्यान्न सहयोग

हिमालीसंचार संवाददाता
४३२ पटक

दुर्गा श्रेष्ठ/सिन्धुपाल्चोक – प्रदेशसभा सदस्य निमा लामाको पहलमा हेलम्बु बोल्देका विस्थापित परिवारलाई खाद्यान्नलगायत राहत सामग्री वितरण गरिएको छ। मंगलबार बोल्दे पुगेर लामाले पहिरोबाट विस्थापित भएका वडा नम्बर ५ का ६० परिवारलाई खाद्यान्न वितरण गरेका हुन्।

पीडितलाई प्रति परिवार २ बोरा चामल, २ वटा कम्वल, नुन, तेल साबुन, माक्स, स्यानीटेरी प्याड वितरण गरिएको प्रदेश सांसद लामाले बताए। पीडितलाई राहतका लागि चाइल्ड इज नेपाल र समाजसेवी रेञ्जेन लामा र छिरिङ लामाले खाद्यान्नलगायत सामग्री उपलब्ध गराएका थिए।

बाह्रबिसे, भोटेकोसी र जुगललगायत पहिरो पीडित भएका स्थानमा धेरै राहत सामग्री पुगेपनि हेलम्बुको बोल्देका पीडितसमक्ष राहत नपुगेकाले खाद्यान्नलगायत राहत सामग्री लिएर गएको लामाले बताए। बोल्दे गाउँनै पहिरोको जोखिममा रहेकाले स्थानीयहरु विस्थापित जीवन बिताउन बाध्य छन्। यो क्षेत्र सांसद लामाको निर्वाचन क्षेत्र पनि हो।

राहत वितरणका लागि नेपाली कांग्रेस जिल्ला सभापति विकास लामा, क्षेत्रीय सभापति आइतमान तामाङ, क्षेत्रीय सचिव रमेश राज भण्डारी, पत्रकार सुदर्शन आचार्यलगायत नेताहरु समेत बोल्दे पुगेका थिए। राहत पाएपछि आफूलाई केही दिनको लागि खाद्यान्न समस्या नहुने भन्दै पहिरोबाट विस्थापितहरु खुशी भएका छन्।

प्रदेश विपद व्यवस्थापन निर्देशक समितिले हेलम्बु, पाँचपोखरी र मेलम्ची नगरपालिकाका लागि १५/१५ लाख रकम छुट्याएको छ। बस्ती स्थानान्तरणका लागि केही दिनमै उद्योग, पर्यटन, वन, वातावरण समितिका अध्यक्ष रमा आलेसहितको टोली सिन्धुपाल्चोकको पहिरोबाट प्रभावित क्षेत्रमा अध्ययनका लागि पुग्दैछ।

कार्यक्रममा बोल्देका विस्थापितलाई कसरी स्थानान्तरण गर्ने भन्ने विषयमा बोल्देको पनि स्थलगत अनुगमन गर्ने सांसद लामाले बताए। लामा सो समितिका सदस्य छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...