News Portal

कोरोना जन्तरमै मख्ख मुख्यमन्त्री शाही !

हिमालीसंचार संवाददाता
४७१ पटक

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही ११ दिनसम्मको भ्रमण सिध्याएर फर्किएका छन्। भ्रमणका क्रममा उनले गलामा परिचयपत्र जस्तो देखिने बस्तु झुण्डाएका थिए।

गलामा झुण्डाइएको वस्तु हेर्दा परिचय पत्र जस्तो देखिए पनि उक्त वस्तु कोरोना ब्लकर भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार कोरोना ब्लकर झुण्डाएर मुख्यमन्त्री शाहीले कालिकोट, जुम्ला, मुगु र हुम्ला भ्रमण गरेका हुन् ।

यसभन्दा अघि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीका सदस्यले कोरोना भाइरस संक्रमण हुन नसक्ने भन्दै उक्त कोरोना जन्तर लगाएका थिए।

कोरोना भगाउनका लागि मुख्यमन्त्री शाहीले कोरोना जन्तर लगाएको उनको सचिवालयको भनाई छ। स्वास्थ्य मन्त्रालयले ब्लकर कार्डप्रति गम्भीर आपत्ति जनाउँदै मन्त्रालयको ध्यानाकर्षण भएको बताएको थियो। त्यसपछि कोरोना जन्तर लगाउन छाडेका थिए।

जनमासमा पुगेका मुख्यमन्त्री शाहीले भ्रम फैलाउने खालको काम भएको भन्दै स्वास्थ्य विज्ञदेखि सर्वसाधारणसम्म चर्को आलोचना भैरहेको छ तर, त्यो कोरोना जन्तर मुख्यमन्त्री शाहीलाई कसले लगाउन किन सुझाव दियो भन्ने बिषयमा उनको सचिवालय कुनै जानकारी दिएको छैन्।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...