News Portal

खोटाङको खोटेहाङ गाउपालिकामा केन्द्रिय विद्युत लाइन विस्तार

हिमालीसंचार संवाददाता
४७३ पटक

खोटाङ – खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका-२, वाप्लुखामा केन्द्रिय विद्युत विस्तार गरिएको छ। जिल्लाका स्थानीय तहमा विद्युत विस्तारको कामलाई तिव्रता दिएको गाउँपालिकाले वाप्लुखामा केन्द्रिय प्रशारण लाइन अन्तरगतको विद्युत विस्तार गरेको हो ।

आर्थिक वर्ष २०७५/०७६ सालमा गाउँपालिकाले विनियोजन गरेको ७५ लाख, नेपाल विद्युत प्राधिकरणले उपलव्ध गराएको १ करोड बराबरको विद्युतीय सामग्रीबाट वाप्लुखामा विद्युत विस्तार गरिएको हो। वाप्लुखामा आयोजित एक कार्यक्रममा आईतबार गाउँपालिकाका अध्यक्ष प्रदीप राईले रिवन काटेर विद्युत उद्घाटन गरेका हुन् ।

गाउँपालिकाका अनुशार वाप्लुखाको सुम्लेखा र काम्दाखाका क्षेत्रमा विधुत सेवा विस्तार गरिएको हो। वाप्लुखाका अन्य टोलमा पनि विद्युत जडानका लागि तिब्रता दिइएको गाउँपालिका अध्यक्ष राईले बताए। विद्युत उद्घाटनकाक्रममा गाउँपालिकाका उपाध्यक्ष कविता राई लगायत वाप्लुखा पुगेका थिए ।

खोटेहाङ गाउँपालिकाले हाल विद्युतको पहुँच पुग्न बाँकी तीन वडामा विद्युत पुर्याएको हो। गाउँपालिका अध्यक्ष राईका अनुसार अव खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीलाई मात्र विद्युत लाइन विस्तार गर्न बाँकी रहेको छ। लिकुवापोखरीको सिमासम्म मेनलाइन विस्तार भइसकेको छ। खोटेहाङ गाउँपालिकाको ९५ प्रतिशत उपभोक्ताको घरमा विद्युत पुगिसकेको छ ।

आगामी आर्थिक वर्ष सबै वडामा विद्युत विस्तारको कामलाई पुरा गरिने गाउँपालिका अध्यक्ष राईले बताए। विद्युत विस्तारका लागि चालु आर्थिक वर्ष १ करोड विनियोजन गरेको गाउँपालिकाले जनाएको छ।

‘हामी निर्वाचित भएको बेला खोटाङबजार, सिमपानी, लिच्कीराम्चे र चिप्रिङमा विद्युतको मेनलाइन मात्र विस्तार भएको अवस्था थियो,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘अहिले ४ देखि ९ वडाका ९५ प्रतिशत घरमा विद्युत पुगिसकेको छ। बाँकी रहेको लिकुवापोखरी, वाप्लुखा र सावाकटहरेमा विद्युतीकरणको कामलाई तिव्र बनाएका छौँ । आगामी आर्थिक वर्ष सबै वडामा विद्युत पुर्‍याउने हाम्रो लक्ष्य छ ।’ 

प्रतिकृया दिनुहोस्

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...