News Portal

“नेपाली हौ गर्व गर्छौ…!” राष्ट्रीय भावनाले ओतप्रोत गीत सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६६९ पटक

काठमाण्डौ – “नेपाली हौं गर्व गर्छौं, इमान्दारका सन्तान भै” बोलको राष्ट्रिय गीत केही समय अगाडी मात्रै सन्तोष दुमी अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ।

गीतकार बागधन् दुमी राईको शब्द रचना रहेको राष्ट्रीय गीतमा चर्चित संगितकार सन्तोष दुमीले संगीत दिएका छन् । गायिका  मनिषा राई, प्रेमकला राई र गायक सिडी बिजय अधिकारी, सन्तोष दुमीको सामुहिक आवाज रहेको छ। राजु कार्कीको संगीत  संयोजन रहेको यस गीतलाई किङ स्टुडियो अनामनगरमा रेकर्ड गरिएको हो। 

सार्वजनिक राष्ट्रीय भावनाले सिगारिएको गीत शुरेस राईले रेकर्ड गरेका गीतको लिरिकल भिडियो भने जस्केलो कृयसनबाट धन खालिङले बनाएका हुन् । कुनै पनि सार्वजनिक कार्यक्रमहरुमा स्वागत गीतको सौगात बनाएर बजाउन सकिने गीतको शब्द सुन्दा सुन्दै राष्ट्रियता झल्कदै जाने अब्बल किसिमको राष्ट्रिय गीत भन्न सकिने संगीतकार सन्तोष दुमीले बताए ।

विगत दुई दशक देखी दक्षिण कोरियालाई कर्मथलो बनाउदै आएका गीतकार बागधन दुमी राईले नेपाललाई यस राष्ट्रिय गीतको माध्यमबाट स्वर्गको रूपमा चित्रण गरेका छन्। नेपाल संसारकै सबैभन्दा उच्चशिखर यही रहेको र विश्वमा वीरताको ईतिहास कायम रहेको सरल भाषामा उल्लेख गरेका छन्।  हाम्रो समाजमा विभिन्न भाषाभाषी, संस्कार रहेको यस नेपालमा विभिन्न संस्कृति देउडा,  रोधी, साकेला र पालाम देखि सयौ सस्कृतिहरुलाई समेटन खोजिएको छ । 

सार्वजनिक गीत यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...