News Portal

“नेपाली हौ गर्व गर्छौ…!” राष्ट्रीय भावनाले ओतप्रोत गीत सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५९७ पटक

काठमाण्डौ – “नेपाली हौं गर्व गर्छौं, इमान्दारका सन्तान भै” बोलको राष्ट्रिय गीत केही समय अगाडी मात्रै सन्तोष दुमी अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ।

गीतकार बागधन् दुमी राईको शब्द रचना रहेको राष्ट्रीय गीतमा चर्चित संगितकार सन्तोष दुमीले संगीत दिएका छन् । गायिका  मनिषा राई, प्रेमकला राई र गायक सिडी बिजय अधिकारी, सन्तोष दुमीको सामुहिक आवाज रहेको छ। राजु कार्कीको संगीत  संयोजन रहेको यस गीतलाई किङ स्टुडियो अनामनगरमा रेकर्ड गरिएको हो। 

सार्वजनिक राष्ट्रीय भावनाले सिगारिएको गीत शुरेस राईले रेकर्ड गरेका गीतको लिरिकल भिडियो भने जस्केलो कृयसनबाट धन खालिङले बनाएका हुन् । कुनै पनि सार्वजनिक कार्यक्रमहरुमा स्वागत गीतको सौगात बनाएर बजाउन सकिने गीतको शब्द सुन्दा सुन्दै राष्ट्रियता झल्कदै जाने अब्बल किसिमको राष्ट्रिय गीत भन्न सकिने संगीतकार सन्तोष दुमीले बताए ।

विगत दुई दशक देखी दक्षिण कोरियालाई कर्मथलो बनाउदै आएका गीतकार बागधन दुमी राईले नेपाललाई यस राष्ट्रिय गीतको माध्यमबाट स्वर्गको रूपमा चित्रण गरेका छन्। नेपाल संसारकै सबैभन्दा उच्चशिखर यही रहेको र विश्वमा वीरताको ईतिहास कायम रहेको सरल भाषामा उल्लेख गरेका छन्।  हाम्रो समाजमा विभिन्न भाषाभाषी, संस्कार रहेको यस नेपालमा विभिन्न संस्कृति देउडा,  रोधी, साकेला र पालाम देखि सयौ सस्कृतिहरुलाई समेटन खोजिएको छ । 

सार्वजनिक गीत यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...