News Portal

पहिरो पिडीतका लागि संकलित रकम बैकमा जम्मा गर्ने, व्याबस्थापनका लागि खर्च हुने

हिमालीसंचार संवाददाता
४८९ पटक

दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको भिरखर्क र नागपुजेमा गत २८ गते राती अविरल बर्षाका कारण पहिरोले २२ घर बगाएको थियो भने २ सय २२ घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन्। 

बाह्रबिसे नगरपालिका–७ वडाध्यक्ष मीन बहादुर श्रेष्ठले दिएको जानकारी अनुसार पहिरोमा परेर नागुजेमा १६ जनाको शव फेला परेको छ। नागपुजे भिर्खरकमा जम्मा ३१ जना बेपत्ता भएका मध्ये १६ जनाको शव भेटिएको थियो । अझै १५ जना वेपत्ता छन् ।   

पहिरोले २२ घर पुरिनुका साथै २ सय २२ घरमध्ये ८४ धर परिवारलाई अस्थायी बास स्थान ब्यबस्था गरिएको छ। बाकी ४५ घर परिवारलाई पनि तत्काल अस्थाई ब्याबस्था गर्नुपर्ने स्थानीयको माँग रहेको छ। नगरउपप्रमुख शुसिला पाख्रीन र वडाध्यक्ष मिनबहादुर श्रेष्ठले स्थलगत अनुगमन गरेर आवश्यक टेण्ट र अन्य ब्यबस्था गर्ने प्रतिबद्धता जनाएका छन्।

पहिरो पिडीतका लागि आउने नगद रकम सहि सदुपयोग होस  र भविष्यमा आइपर्ने समस्या टार्न सहज होस भन्ने उदेश्यले स्थानीय जनप्रतिनिधिको रोहोबरमा एक समिति गठन गरेका छन्। प्रत्यक टेन्टलाई ५ वटा ब्ल्कमा बिभाजन गरी शिविरको दीर्घकालीन प्रभावकारी ब्यबस्थाको लागि ब्यबस्थापनको जिम्मा पहिरो पिडीतहरुलाई नै दिइदै आएको छ। नगरपालिकाले श्रोत ब्यबस्थापन र स्थानीय यूवाहरुले मनिटरीङको भूमिका निभाउने    जानकारी नगरउपप्रमुख शुसिला पाख्रीनले दिए।

यस अघि टेण्ट ब्यबस्थापनमा बिभागीय संयोजक तोकिएको थियो सबै स्वयमसेवक साथीहरुले राम्रो ढङ्गबाट आ आफ्नो जिम्मेवार निभाउनु भै टेन्ट ब्यबस्थापनमा सहजता भएको जानकारी स्थानीय बजिरसिह भण्डारीले बताए । 

अम्बर हादुर प्रधान, जीवन प्रधान र दीपबहादुर प्रधानले अस्थायी बसोबासको लागि टेण्ड लगाएर पहिरो पिडीतका लागि निःशुल्क उपलब्ध गराएका छन् । 

स्थानीय पहिरो पिडीतका लागि विशेष यूवा फोर्स खडा गरेका छन् । यसको सल्लाहकारमा वडाअध्यक्ष मिनबहादुर श्रेष्ठ वडासदस्य बीरबहादुर थापा, प्रकाश श्रेष्ठ, केशब प्रधान, धनबहादुर प्रधान, सागर भण्डारी, जीवन प्रधान र अन्य यूवा साथीहरु रहेको इलाका प्रहरी कार्यालयका प्रमुख नवराज न्यौपाने र नगरउपप्रमुख सुशीला पाख्रिनले हिमाली संचारसंगको  कुराकानीमा जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...