News Portal

पहिरो पिडीतका लागि संकलित रकम बैकमा जम्मा गर्ने, व्याबस्थापनका लागि खर्च हुने

हिमालीसंचार संवाददाता
४१२ पटक

दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको भिरखर्क र नागपुजेमा गत २८ गते राती अविरल बर्षाका कारण पहिरोले २२ घर बगाएको थियो भने २ सय २२ घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन्। 

बाह्रबिसे नगरपालिका–७ वडाध्यक्ष मीन बहादुर श्रेष्ठले दिएको जानकारी अनुसार पहिरोमा परेर नागुजेमा १६ जनाको शव फेला परेको छ। नागपुजे भिर्खरकमा जम्मा ३१ जना बेपत्ता भएका मध्ये १६ जनाको शव भेटिएको थियो । अझै १५ जना वेपत्ता छन् ।   

पहिरोले २२ घर पुरिनुका साथै २ सय २२ घरमध्ये ८४ धर परिवारलाई अस्थायी बास स्थान ब्यबस्था गरिएको छ। बाकी ४५ घर परिवारलाई पनि तत्काल अस्थाई ब्याबस्था गर्नुपर्ने स्थानीयको माँग रहेको छ। नगरउपप्रमुख शुसिला पाख्रीन र वडाध्यक्ष मिनबहादुर श्रेष्ठले स्थलगत अनुगमन गरेर आवश्यक टेण्ट र अन्य ब्यबस्था गर्ने प्रतिबद्धता जनाएका छन्।

पहिरो पिडीतका लागि आउने नगद रकम सहि सदुपयोग होस  र भविष्यमा आइपर्ने समस्या टार्न सहज होस भन्ने उदेश्यले स्थानीय जनप्रतिनिधिको रोहोबरमा एक समिति गठन गरेका छन्। प्रत्यक टेन्टलाई ५ वटा ब्ल्कमा बिभाजन गरी शिविरको दीर्घकालीन प्रभावकारी ब्यबस्थाको लागि ब्यबस्थापनको जिम्मा पहिरो पिडीतहरुलाई नै दिइदै आएको छ। नगरपालिकाले श्रोत ब्यबस्थापन र स्थानीय यूवाहरुले मनिटरीङको भूमिका निभाउने    जानकारी नगरउपप्रमुख शुसिला पाख्रीनले दिए।

यस अघि टेण्ट ब्यबस्थापनमा बिभागीय संयोजक तोकिएको थियो सबै स्वयमसेवक साथीहरुले राम्रो ढङ्गबाट आ आफ्नो जिम्मेवार निभाउनु भै टेन्ट ब्यबस्थापनमा सहजता भएको जानकारी स्थानीय बजिरसिह भण्डारीले बताए । 

अम्बर हादुर प्रधान, जीवन प्रधान र दीपबहादुर प्रधानले अस्थायी बसोबासको लागि टेण्ड लगाएर पहिरो पिडीतका लागि निःशुल्क उपलब्ध गराएका छन् । 

स्थानीय पहिरो पिडीतका लागि विशेष यूवा फोर्स खडा गरेका छन् । यसको सल्लाहकारमा वडाअध्यक्ष मिनबहादुर श्रेष्ठ वडासदस्य बीरबहादुर थापा, प्रकाश श्रेष्ठ, केशब प्रधान, धनबहादुर प्रधान, सागर भण्डारी, जीवन प्रधान र अन्य यूवा साथीहरु रहेको इलाका प्रहरी कार्यालयका प्रमुख नवराज न्यौपाने र नगरउपप्रमुख सुशीला पाख्रिनले हिमाली संचारसंगको  कुराकानीमा जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...