News Portal

रक्सीले मात्तिएका वडाध्यक्ष बस्नेतले गरे बालकमाथि निर्घात कुटपिट !

हिमालीसंचार संवाददाता
८९८ पटक

जाजरकोट – जाजरकोटको शिवालय गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रेमबहादुर बस्नेतले एक बालकमाथि निर्घात कुटपिट गरेका छन्। वडाध्यक्ष प्रेम बस्नेतले शनिबार साँझ रक्सी खाएर वडा नम्बर २ डुङग्राका १५ वर्षीय बालक कृष्णबहादुर बस्नेतलाई निर्घात कुटपित गरेको उनका बुवा नहकुले बस्नेतले जानकारी दिए।

गोठालोबाट फर्कदै गरेका बालक कृष्णबहादुरलाई वडाध्यक्ष बस्नेतले बाटोमा चिर्पट, मुक्का,जग र लात्तीले हिर्काएको पिडितका बुवा नहकुलेले जानकारी दिए। वडाध्यक्ष बस्नेतले ज्यान मार्नेसम्मको धम्की दिएको पिडित बालकले बताए।

उनको हात, मुख र टाउँकोमा चोट लागेको पिडितका आफन्तले बताएका छन्। गोठालो गएको निर्दोष बालकमाथि कुटपिट गर्ने वडाध्यक्षलाई कारबाही गर्नुपर्ने स्थानीयले माग गरेका छन्। वडाध्यक्ष बस्नेतले रक्सी खाएर बेलाबेला यस्ता हर्कत गर्ने गरेको र उनको यस्तो व्यवहार देखेर आजित भएको वडा नम्बर २ का लोकेन्द्र घर्तीले गुनासो गरे।

चुनावमा भोट हालेर जिताएको जनप्रतिधिबाटै आफूहरु असुरक्षित हुँदा अहिले पश्चाताप भएको स्थानीयको गुनासो छ। बस्नेत २०७४ मा भएको स्थानीय तह निर्वाचनमा तत्कालिन नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...