News Portal

छिन्चुका ट्राफिक प्रहरी सिहँले असुल्छन अटोरेक्साबाट मासिक रकम

१६९३ पटक

सुर्खेत – सुर्खेतको छिन्चु जहरे सडक खण्डमा ट्राफिक प्रहरीले अटोरेक्साबाट मासिक रुपमा रकम असुल्ने गरेको अटो व्यवसायीहरुले बताएका छन। कागजात नभएकाहरुबाट प्रहरीले मासिक १ हजारका दरले पैसा असुल्ने गरेको पाईएको छ।

लाईसेन्स नभएका अटोबाट ट्राफिक प्रहरीले मासिक रुपमा रकम लिएर अटोलाई निर्बाद रुपमा संञ्चालन गर्न दिने गरेका छन। छिन्चुमा कार्यरत ट्राफिक प्रहरी गजेन्द्रबहादुर सिहँले अटोरेक्साबाट मासिक १ हजार रकम लिने गरेको खुलेको छ।

सिहँले त्यसक्षेत्रमा रहेका झन्डै साढे २ देखि ३ सयसम्म अटोबाट मासिक रकम असुल्ने गरेको अटो व्यवसायीहरुले आरोप लगाएका छन। छिन्चु-जाजरकोट सडक खण्डमा प्रहरीले मासिक रुपमा रकम असुल्ने गरे पनि नियामक निकाय मौन छ।

यसैबीच रकम लिएको आरोप लागेका ट्राफिक प्रहरी सिहँलाई अनुसन्धानको लागी जिल्ला ट्राफिक कार्यालय सुर्खेतमा तानिएको छ। ट्राफिक प्रहरी कार्यालय कर्णालीका प्रमुख एसपी राकेश सिहँले आवश्यक अनुसन्धानको लागी जिल्ला तानिएको भन्दै दोषि पाईए कारवाही गरिने बताउनुभयो।

उहाँले छानविनको लागी भन्दै समिति गठनसमेत गरिसकेको भन्दै एक हप्ताभित्र प्रतिबेदन बुझाँन निर्देशन दिएको जिकिर गर्नुभयो। यस्तै सवारी साधनको धेरै चाप हुने क्षेत्रमा प्रहरी प्रमुखले नै आफु निकटका व्यक्तिलाई ड्युटीमा खटाएर रकम असुल्न लगाउने गरेको नाम नबताउने सर्तमा एक जना ट्राफिक प्रहरीले बताएका छन।

वीरेन्द्ररनगरको सुब्बाकुना, गोठीकाँडा, छिन्चुलगायतका क्षेत्रमा कार्यालय प्रमुखले नै ट्राफिकलाई रकम असुल्न लगाउने गरेको ट्राफिक प्रहरीकै भनाई छ। ट्राफिक प्रमुख सिहँले आफु सरुवा भएर आएको दुई हप्तामात्र भएको भन्दै यसबारे वास्तविता बुझ्ने भन्दै त्यसो गरेको पाईए कारबाही गर्ने चेतावनी दिनुभयो।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...