News Portal

जुगलको सेलाङका ५० घर पहिरोको उच्च जोखिममा

हिमालीसंचार संवाददाता
४५४ पटक

दुर्गा श्रेष्ठ/सिन्धुपाल्चोक – पछिल्लो साता दिन यता भारी बर्षाका कारण जिल्लाको जुगल गाउँपालिका-१ सेलाङमा स्थानीयका घरगोठ क्षति हुनुका साथै दर्जनौँ घर परिवार जोखिममा परेका छन्। पहिरोको क्षेति मुल्यांकनका क्रममा वडाभर निरीक्षण गर्दा ५० भन्दा बढि स्थानीय पहिरोको जोखिममा परेको जुगल गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष कमल थापाले जानकारी दिनुभयो।

वडाध्यक्ष थापाका अनुसार सेलाङको बाँधसिम्ले, काल्चे, देउराली, चेपे, खसै, सेपगाउँ र कुनेगाउँ ठाडोपाखामा पहिरोले घरगोठमा क्षेति तथा स्थानीयलाई जोखिममा पारेको छ। बाँधसिम्लेमा पहिरोले गोठ पुरिँदा स्थानीय कमलबहादुर थापाको भैँसीसमेत पुरिएको छ। कतै घर बग्न लागेका छन्, कतै गोठ र शौचालयमा क्षेति भएका छन्।

बाँधसिम्लेमा स्थानीय पोखबहादुर थापाको गोठ र शौचालय क्षेतिग्रस्तसँगै घर नै जोखिममा परेको छ। काल्चेका ४ घर क्षति भएका छन्। चेपेमा १३ घर बस्न अयोग्य भएका छन् भने, आहालमा ६ घर उच्च जोखिममा छन्। ३० भन्दा बढि घर परिवार बस्ने सेपगाउँ नै पहिरोको कारण उच्च जोखिममा छ।

कुनेगाउँ ठाडोपाखामा १५ घर उच्च जोखिममा छन् भने, खस्रेमा पनि २ घर जोखिममा रहेको वडाध्यक्ष थापाले बताउनुभयो। पहिरोबाट जनताको ज्यान जोगाउनु नै पहिलो प्राथमिकता रहेकोले उनीहरुलाई तत्कालका लागि गाउँपालिकाबाट टेण्ट र त्रिपाल उपलब्ध गराएर सुरक्षित स्थानमा बस्न भनिएको छ।

संकटको अवस्थामा वडाभित्रका सरकारी भवन संचनामा बस्न स्थानीयलाई अनुरोध गरिएको थापाले बताउनुभयो। तत्कालका लागि टेण्ट र त्रिपाल पठाएर सुरक्षित ठाउँमा बस्न भनेका छौँ, अप्ठ्यारो पर्दा सरकारी भवनमै बस्न अनुरोध भएको छ’, वडाध्यक्ष थापाले बताए।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...