News Portal

जुगलको सेलाङका ५० घर पहिरोको उच्च जोखिममा

हिमालीसंचार संवाददाता
५४२ पटक

दुर्गा श्रेष्ठ/सिन्धुपाल्चोक – पछिल्लो साता दिन यता भारी बर्षाका कारण जिल्लाको जुगल गाउँपालिका-१ सेलाङमा स्थानीयका घरगोठ क्षति हुनुका साथै दर्जनौँ घर परिवार जोखिममा परेका छन्। पहिरोको क्षेति मुल्यांकनका क्रममा वडाभर निरीक्षण गर्दा ५० भन्दा बढि स्थानीय पहिरोको जोखिममा परेको जुगल गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष कमल थापाले जानकारी दिनुभयो।

वडाध्यक्ष थापाका अनुसार सेलाङको बाँधसिम्ले, काल्चे, देउराली, चेपे, खसै, सेपगाउँ र कुनेगाउँ ठाडोपाखामा पहिरोले घरगोठमा क्षेति तथा स्थानीयलाई जोखिममा पारेको छ। बाँधसिम्लेमा पहिरोले गोठ पुरिँदा स्थानीय कमलबहादुर थापाको भैँसीसमेत पुरिएको छ। कतै घर बग्न लागेका छन्, कतै गोठ र शौचालयमा क्षेति भएका छन्।

बाँधसिम्लेमा स्थानीय पोखबहादुर थापाको गोठ र शौचालय क्षेतिग्रस्तसँगै घर नै जोखिममा परेको छ। काल्चेका ४ घर क्षति भएका छन्। चेपेमा १३ घर बस्न अयोग्य भएका छन् भने, आहालमा ६ घर उच्च जोखिममा छन्। ३० भन्दा बढि घर परिवार बस्ने सेपगाउँ नै पहिरोको कारण उच्च जोखिममा छ।

कुनेगाउँ ठाडोपाखामा १५ घर उच्च जोखिममा छन् भने, खस्रेमा पनि २ घर जोखिममा रहेको वडाध्यक्ष थापाले बताउनुभयो। पहिरोबाट जनताको ज्यान जोगाउनु नै पहिलो प्राथमिकता रहेकोले उनीहरुलाई तत्कालका लागि गाउँपालिकाबाट टेण्ट र त्रिपाल उपलब्ध गराएर सुरक्षित स्थानमा बस्न भनिएको छ।

संकटको अवस्थामा वडाभित्रका सरकारी भवन संचनामा बस्न स्थानीयलाई अनुरोध गरिएको थापाले बताउनुभयो। तत्कालका लागि टेण्ट र त्रिपाल पठाएर सुरक्षित ठाउँमा बस्न भनेका छौँ, अप्ठ्यारो पर्दा सरकारी भवनमै बस्न अनुरोध भएको छ’, वडाध्यक्ष थापाले बताए।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...