News Portal

नेकपाको सचिवालय बैठक : माधव नेपाल समूहलाई मनाउने प्रयास

७७५ पटक

काठमाडौं– पार्टी एकता प्रक्रियामा तल्लो तहमा देखिएको विवादबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

आज दिउँसो ३ बजेपछि बस्ने बैठकमा तल्लो तहका रिर्पोटहरुको अध्ययन गरेर छलफल हुने सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जनाकारी दिए ।

‘समसामयीक विषयमा नै छलफल हुन्छ, एकता प्रकृयामा देखिएका अप्ठ्याराहरुलाई कसरी समामधान गर्ने भन्ने नै छलफलको विषय बन्छ’ सचिवालय सदस्य श्रेष्ठले रातोपाटीलाई बताए ।

यसअघि ११ बजेलाई बोलाइएको बैठक प्रधानमन्त्रीको व्यवस्तताका कारण सारिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

नेकपामा पार्टी एकताको लामो समय बितिसक्दा पनि जनबर्गीय र तल्ला कमिटिहरुको एकता प्रक्रिया टुङग्याउन सकस हुदै आएको छ । आजको बैठकले एकता प्रकृयामा स्पष्ट मापदण्ड बनाउन सक्ने नेताहरुको विश्वास छ ।

५ नम्बर प्रदेश लगायतका केही जिल्लाहरुमा तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरणका क्रममा कार्यदलले सिफारिस गरेका नेतृत्वप्रति असन्तुष्टि छ ।

यो असन्तुष्टिमा खासगरी पूर्व एमालेको माधव नेपाल समुहले आफूलाई किनारा लगाएको भन्दै अध्यक्ष ओलीपक्षको चर्को आलोचना र विरोध गर्दै आएको छ ।

जसका कारण पूर्वनिर्धारित समयअनुसार भदौ पहिलो साताभित्रै भैसक्नुपर्ने जिल्ला कमिटिको एकीकरण हुन सकेको थिएन ।

तर, सचिवालय सदस्य श्रेष्ठले पार्टी एकता कार्यदलको सवै रिर्पोट अध्ययन भैनसकेकाले पार्टीमा कसको असन्तुष्टि छ या छैन भन्ने कुरा अहिले नै थाहा नभइसकेको प्रतिकृया दिए । पार्टीको आन्तरिक विषयबाहेक बुधबारको नेकपा सचिवालय बैठकमा वर्तमान सरकारले  गरेका र गर्न लागेका कामकारबाहिका बारेमा समेत छलफल हुनसक्ने प्रधनमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...