News Portal

डिभिजन वन प्रमुखको ठाडो आदेशमा काँक्रेविहारका सुरक्षागार्डको भवन एक बर्षदेखि प्रहरीको कब्जामा

हिमालीसंचार संवाददाता
८५४ पटक

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर ९ लाटीकोईली काँक्रेविहार संरक्षित क्षेत्रमा वनको सुरक्षाको लागी बनाएको एउटा भवन एक बर्षदेखि प्रहरीको कब्जामा छ। जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख गोविन्द्र प्रसाद दाहलको ठाडो आदेशमा वनको सुरक्षागार्डको लागि बनाईएको भवन प्रहरीलाई दिईएको हो।

केही समयका लागी भन्दै गत २०७६ भदै २५ अस्थाई प्रहरी बिटका लागी भवन दिएको हो तर, डिभिजन वनका प्रमुखको व्यवास्थाका कारण एक बर्षदेखि प्रहरीले भवन प्रयोग गरेपछि त्यहाँ रहेका वनका सुरक्षागार्डहरु वस्नलाई समस्या भएको छ।

अहिले त्यहाँ वन कार्यालयका २ जना जम्दार, १ हवल्दार र २ जना सिपाही सहित ६ जना रहेका छन। सो क्षेत्र डिभिजन वन कार्यालय सुर्खेतको हिरासत पनि हो।

अहिले त्यसक्षेत्रमा रहेको दुई वटा भवन मध्ये एउटा प्रहरीले कब्जा गरेपछि अहिले त्यही हिरासत भएको भवनमा ‍कोचाकोच गरेर वनका कर्मचारी बस्न बाध्य भएका छन।

वनका सुरक्षागार्डका लागी बनाएको राम्रो भवन डिभिजन वन प्रमुखले आफुखुशि गैरकानुनि रुपमा प्रहरीलाई दिएका हुन। केही समयको लागी भवन दिएको भनिएता पनि डिभिजन वन प्रमुख दहालले प्रहरीलाई त्यसक्षेत्रबाट अन्यत्र सार्न अहिलेसम्म पनि कुनै चासो देखाएका छैनन्।

काँक्रेविहारको संरक्षणमा खटिएका वनका कर्मचारीले प्रहरीले भवनको प्रयोग गरेपछि आफुहरुलाई बस्न, पानी र शौचालय गर्न समेत समस्या भएको बताएका छन।

यता डिभिजन वन कार्यालयका प्रमुख गोविन्द्र प्रसाद दाहललाई त्यहाँबाट प्रहरी कहिले हट्छन भन्ने समेत थाहा छैन। उनले तत्कालिन सुरक्षा समितिको बैठकमा प्रहरी प्रमुखले राखेको अनुरोधमा भवन प्रयोग गर्न दिएका हुन।

दाहालले अव छिटै प्रहरीलाई पत्राचार गर्ने भन्दै भवन खाली गर्न पहल गर्ने बताएका छन तर, भवन खाली कहिले गर्ने भन्नेमा उनि आफै अनविज्ञ रहेका छन।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...