News Portal

सिन्धुपाल्चोक पहिरो : ६ जनाको शव फेला, ३१ बेपत्ता, १८ घर पुरिए

५ जनाको जीबितै उद्धार गरिएको छ भने अन्यको खोजी कार्य जारी रहेको छ

हिमाली संचार संवाददाता
६८३ पटक

ईश्वर गुभाजु, सिन्धुपाल्चोक – सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोले आठ घर र भीरखर्कमा १० घर पुरिएका छन्। पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ भने कम्तीमा १८ घर पुरिएका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७का अध्यक्ष मीन बहादुर श्रेष्ठले दिएको जानकारी अनुसार पहिरोमा परेर नागुजेमा ६  जनाको शव फेला परेको छ ।   नागुँचे भिर्खरकमा जम्मा ३१  जना बेपत्ता भएका छन् भने दुई जना घाइतेको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले उद्धारकार्यलाई जारी राखेको मीन बहादुर श्रेषठले जानकारी दिएका छन् ।  घटनाको विस्तृत विवरण आउन बाँकी नै छ भने भर्खरैको ताजा खबर अनुसार ५ जनाको जीबितै उद्धार गरिएको छ ।


प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...