News Portal

सिन्धुपाल्चोकमा फेरि विपत्ति, पहिरोले १८ घर बगायो

हिमाली संचार संवाददाता
७२४ पटक

दुर्गा श्रेष्ठ/सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराती भिषण पहिरो गएको छ। पहिरोले पहिरोले नागपुजेमा कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको स्थानियले जनाएका छन् भने १ जनाको शव भेटिएको र २३ जना बेपत्ता भएका छन।

स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन्। भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानियको भनाई छ। गएराती आएको पहिरोको कारण बस्ती पुरिएपछि अहिले प्रहरी प्रशासन उद्दारमा खटिएको छ।

उद्दारमा कठिनाई आएका कारण सबै उद्दारमा खटिनका लागि स्थानिय सरकारले अनुरोध गरेको छ। सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सभामुख अग्निप्रसाद सापकोटा पनि घटनास्थ्लतर्फ गइरहेका छन्।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...