News Portal

आर्सलनको विजयी सुरुआत फुलहम सजिलै पराजित

हिमाली संचार संवाददाता
६०७ पटक

लन्डन – आर्सनलले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा उत्साहवर्धक सहज जित निकालेको छ । यसका लागि उसले यसै सिजन प्रियिमर लिगमा उक्लेको फुलहमलाई ३–० ले हरायो र पूरा तीन अंक बटुल्यो ।आर्सनलका लागि एलेक्जान्डर लेकाजेटले आठौं मिनेटमा सिजनकै पहिलो गोल गरे ।

त्यसयता ग्याब्रिएल र पिएरे एमिरिक एबमेयाङले १/१ गोल गरे । डेब्युमा ग्याब्रिएलले ४९ औं मिनेटमा गोल गरे भने एबमेयाङले ५७ औं मिनेटमा तेस्रो गोल थपे । मिखेल आर्टेटा व्यवस्थापकमा आएयता आर्सनलको प्रदर्शन सुधारतर्फ अग्रसर छ ।

 

प्ले अफ फाइनलबाट इंग्लिस फुटबलको माथिल्लो डिभिजनमा आएको फुलहमको घरेलु मैदान बेहोरेको हारपछि उसले पूरा सिजन संघर्ष गर्नु पर्ने देखाएको छ । दुई वर्ष अगाडि पनि माथि उक्लेको फुलहम त्यही सिजन फेरि रेलिगेसनमा परेको थियो ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...