News Portal

आर्सलनको विजयी सुरुआत फुलहम सजिलै पराजित

हिमाली संचार संवाददाता
४५३ पटक

लन्डन – आर्सनलले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा उत्साहवर्धक सहज जित निकालेको छ । यसका लागि उसले यसै सिजन प्रियिमर लिगमा उक्लेको फुलहमलाई ३–० ले हरायो र पूरा तीन अंक बटुल्यो ।आर्सनलका लागि एलेक्जान्डर लेकाजेटले आठौं मिनेटमा सिजनकै पहिलो गोल गरे ।

त्यसयता ग्याब्रिएल र पिएरे एमिरिक एबमेयाङले १/१ गोल गरे । डेब्युमा ग्याब्रिएलले ४९ औं मिनेटमा गोल गरे भने एबमेयाङले ५७ औं मिनेटमा तेस्रो गोल थपे । मिखेल आर्टेटा व्यवस्थापकमा आएयता आर्सनलको प्रदर्शन सुधारतर्फ अग्रसर छ ।

 

प्ले अफ फाइनलबाट इंग्लिस फुटबलको माथिल्लो डिभिजनमा आएको फुलहमको घरेलु मैदान बेहोरेको हारपछि उसले पूरा सिजन संघर्ष गर्नु पर्ने देखाएको छ । दुई वर्ष अगाडि पनि माथि उक्लेको फुलहम त्यही सिजन फेरि रेलिगेसनमा परेको थियो ।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...