News Portal

जुनी र सुबासको धनकुटा बजार म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
११०७ पटक

काठमाण्डौ । धनकुटाकी सुमधुर स्वरकी धनी गायिका जुनी खालिङ राई र गीतकार, गायक तथा संगीतकार सुबास राईको आवाजमा रहेको लोकगीत आज जुनी खालिङ राईको अफिसियल युटुब च्यानल मार्फत धनकुटा बजार सार्वजनिक गरेका छन् ।

सार्वजनिक लोकभाका गीतकार सुबास राईको शब्द संगीत रहेको गीतको एरेन्ज वरिष्ठ गायक तथा संगीतकार कृष्ण भक्त राईले गरेका हुन् । सुन्दरनगरी धनकुटाको परिवेशमा छायांकन गरिएको धनकुटा स्थित रिचमण्ड मिनी मार्ट, डिपार्टमेन स्टोर भित्रको दृश्यवलोकन समेत देख्न सकिन्छ । 

राज बान्तावा राईले छायांकन रहेको गीतको रेकर्डिङ पुर्वाञ्चल शाखा इटहरीमा गरिएको हो भने गीतको मिक्सिंग सेवा रेकर्डिङ अनामनगर काठमाण्डौ स्थित मुस्कान मुकारुङले गरेका हुन् । 

सार्वजनिक लोकभाका गीत तयार हुदा सम्म महत्वपूर्ण भूमिका निर्वाह गरेका जीवन खालिङ, लक्ष्मी राई, जीवन राई, कमल मगर, ममता मगर र गायक तथा संगीतकार कृष्ण कुमार राईलाई गायिका जुनी खालिङ राईले हिमाली संचारसंगको कुराकानीमा विशेष आभार व्याक्त गरेकी छिन् । 

म्युजिक भिडियो यहाँ हेर्नुस्

 

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...